१६ चैत्र २०८० शुक्रबार
समाज

ट्याक्टर दुर्घटनामा घाइते भएका राईको मृत्यु

उदयपुर – उदयपुरमा ट्याक्टर दुर्घटनामा परी घाइते भएका धिरज राईको उपचारको क्रममा मृत्यु भएको छ । त्रियुगा नगरपालिका १२ का उनको उपचारको क्रममा बुधबार राति मृत्यु भएको प्रहरीले जनाएको छ। 

मंगलबार पहाडी भेगको सुनकोसी गाउँपालिका १ बाँसबोटेमा पल्टेको स १ त ४८१६ नम्बरको ट्रयाक्टरबाट उछिटिएर घाइते भएका राईको कटारीस्थित मोडेल अस्पतालमा प्रारम्भिक उपचारपछि गाईघाट ल्याएर उपचार थालिएको थियो। उनको जिल्ला अस्पताल उदयपुरमा उपचार हुँदाहुँदै मृत्यु भएको प्रहरी प्रवक्ता डिएसपी मेघराज अधिकारीले बताए। १९ वर्षीय राई चालक हुन् या सहचालक भन्ने खुल्न नसकेको उनले बताए।

मृतकको लास पोष्टमार्टम गरेर आफन्तलाई बुझाउने तयारी भएको छ। लासको प्रकृति हेर्दा शरिरमाथि टायरले थिचेको डाम देखिएकाले उनलाई ट्रयाक्टरले पेलेको जस्तो देखिएको प्रहरी भनाई छ। चालकको खोजी भइरहेको छ भने ट्रयाक्टर प्रहरी नियन्त्रणमा आइसकेको छ। 

प्रकाशित: २५ माघ २०७४ ०५:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App