१५ चैत्र २०८० बिहीबार
समाज

प्रदेश ४ मा किरियापुत्रीले गरे मतदान

राष्ट्रियसभाको निर्वाचनमा मतदान गर्दै किरियापुत्री कमल भुषाल

कास्की – प्रदेश ४ मा भइरहेको राष्ट्रियसभा निर्वाचनमा एक किरियापुत्रीले पनि मतदान गरेका छन् । पर्वतको विहादी गाउँपालिकाका अध्यक्ष कमल भुषाल राष्ट्रियसभाको निर्वाचनमा मतदान गर्न किरियापुत्रीकै भेषमा पोखरा आएका थिए । आमाको निधनपछि उनी हिन्दु संस्कार बमोजिम किरिया बसेका थिए। 

लोकसेवा आयोगको कार्यालय राखिएको मतदान केन्द्रमा पुगेर उनले मतदान गरे । उनलाई फलेवास नगरपालिकाका प्रमुख पदमपाणि शर्माले सघाएका थिए । राष्ट्रियसभा निर्वाचनमा उनको मतभार भने १८ रहनेछ।

प्रदेश नं. ४ मा राष्ट्रियसभा सदस्यको लागि बिहान १० बजेदेखि नै मतदान सुरु भएको हो। मतदान अपरान्ह ३ बजेसम्म चल्नेछ।

बुधबारको निर्वाचनबाट यो प्रदेशमा ७ जना निर्वाचित हुनेछन् । अपाङ्गतर्फबाट नेपाली कांग्रेसका प्रकाश पन्थ यसअघि नै निर्विरोध भइसकेका छन् । यहाँ कुल २ सय ३० मतदाता रहेका छन्।

मतदान पछि ५ बजेबाट मतगणना सुरु गरिने मुख्य निर्वाचन अधिकृत दीपेन्द्र अधिकारीले जानकारी दिए।

 

 

प्रकाशित: २४ माघ २०७४ ०६:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App