१६ चैत्र २०८० शुक्रबार
समाज

ट्याक्टर दुर्घटनामा एकको मृत्यु, दुई घाइते

गोरखा नगरपालिका ११ मा भएको ट्याक्टर दुर्घटना। तस्बिर : नागरिक

गोरखा – गोरखा नगरपालिका ११ अन्तर्गत बाह्रकिलो छेवेटार सडक खण्डको धुलधुले  खोलामा मंगलवार  बिहान ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

छेवेटारबाट बाह्रकिलो तर्फ आउँदै गरेको ग १ त ३२९४ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकबाट करिब २५ मिटर तल खसकेको हो । दुर्घटनामा भिमसेन गाउँपालिका सिक्रेका रञ्जन नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा ताप्ले १ का शिव नेपाली, भिमसेन गाउँपालिकाका कृष्ण नेपाली घाइते भएका छन् । उनीहरू ट्याक्टरमा सवार थिए। चालकको नाम ठेगाना खुलेको छैन भने उनी दुर्घटनापछि फरार छन् । घाइतेको गोरखा अस्पतालमा उपचार भइरहेको डिएसपी भेषराज रिजालले बताए।

 

प्रकाशित: २३ माघ २०७४ ०२:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App