४ वैशाख २०८१ मंगलबार
समाज

संखुवासभामा ९५ प्रतिशत साक्षर

संखुवासभा – संखुवासभामा ९५ दशमलव ६३ प्रतिशत साक्षर रहेको तथ्यांक सार्वजनिक भएको छ। अनौपचारिक शिक्षा केन्द्रले आइतबार आयोजना गरेको एक कार्यक्रममा जिल्ला शिक्षा कार्यालयले जिल्लाको साक्षर तथ्यांक सार्वजनिक गरेको हो।

केन्द्रका कार्यक्रम उपनिर्देशक बालकृष्ण गैरेले सरकारले जारी गरेको १२ सूचकमध्ये ७ वटा सूचक पूरा गर्ने जिल्लालाई साक्षर जिल्ला घोषणा गर्न सकिने प्रावधान रहेको बताए। 

उनले जिल्लालाई आगामी चैतभित्र साक्षर जिल्ला घोषणा गर्ने तयारी भइरहेको बताए। कार्यक्रममा जिल्ला शिक्षा अधिकारी चेतकुमार पोखरेलले १० स्थानीय तह मध्ये मकालु, भोटखोला, सिलिचोङ गाउँपालिका र चैनपुर नगरपालिकामा मात्र साक्षर जिल्ला घोषणाको प्रतिशत नपुगेको बताए। सामान्य तया ९५ प्रतिशत साक्षर भएमा घोषणा गर्न सकिने पोख्रेलले बताए। 

जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्यले मापडण्ड पुगेमा छिट्टै साक्षर जिल्ला घोषणा गर्नुपर्ने बताए। उनले घोषणा पछि पनि नवसाक्षरहरूको सिकाईलाई निरन्तरता र बाँकी रहेका निरक्षरहरूलाई पनि साक्षरता तथा जीवनोपयोगी सिप सिकाउँदैै सवल, सक्षम र आत्मनिर्भर बनाउनु पर्नेमा जोड दिए।

प्रकाशित: २१ माघ २०७४ १४:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App