७ वैशाख २०८१ शुक्रबार
समाज

धादिङमा माइक्रोबस र ट्रक ठोक्किँदा एकको मृत्यु, ७ घाइते

धादिङ – पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका वडा नं ६ जहरेमा माइक्रो र ट्रक एक आपसमा ठोक्किँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा गोरखा घर भएका सुजित श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ।  घटनामा ७ जना घाइते भएका छन्।

गोरखाबाट काठमाडौँ जाँदै गरेको ना २ ख ८७९० नम्बरको माइक्रोबस विपरित दिशाबाट आउँदै गरेको ना ७ ख ६०१९ नम्बरको ट्रकसँग ठोक्किएको थियो। 

दुर्घटनामा गम्भीर घाईते भएका ४ जनालाई काठमाडौँ पठाइएको छ भने सामान्य घाइते ३ जनाको स्थानीय स्वास्थ्यसंस्थामा उपचार भइरहेको इलाका प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक संजय तिमिल्सीनाले जानकारी दिए। 

प्रकाशित: २१ माघ २०७४ १०:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App