३ आश्विन २०७७ शनिबार
समाज

व्यापारीमाथि गोली प्रहार गर्ने अभियुक्त पक्राउ

लहान – सिरहाका जग्गा व्यापारी मो लालु खानलाई गोली प्रहार गरी फरार रहेका अभियुक्तलाई प्रहरीले एक वर्षपछि शुक्रबार पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलीले खानलाई गोली प्रहार गरी फरार रहेको आरोपमा शुक्रबार साँझ धनुषाको कमलामाई नगरपालिका– ८ सोनापारा निवासी २० वर्षीय सुनिलकुमार यादवलाई पक्राउ गरेको हो।

गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले धनुषाको धबौलीबाट यादवलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
यादवलाई सिरहा, मिर्चैया नगरपालिका– २ मझौलिया निवासी ३० वर्षीय खानलाई विसं २०७३ माघ १ गते गोली प्रहार गरी फरार भएको आरोप लगाइएको छ ।   (रासस)

प्रकाशित: २० माघ २०७४ ११:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App