१६ चैत्र २०८० शुक्रबार
समाज

उदयपुर अस्पताल औषधिविहीन

औषधिविहीन उदयपुर जिल्ला अस्पताल। तस्विर : महेश्वर

उदयपुर – जिल्ला अस्पताल उदयपुर औषधिविहीन भएको छ । अस्पतालमा निशूल्क वितरण गर्नुपर्ने औषधि सकिएपछि गरिव, निमुखा, बिपन्न र बृद्धबृद्धाले पाउने औषधि पाउन छाडेको अस्पताल प्रशासनले जनाएको छ।

अस्पतालका प्रशासन प्रमुख बिर्खबहादुर खत्रीले निशूल्क वितरण गरिने औषधि ९० प्रतिशत सकिएको र १० प्रतिशत मात्र बाँकी रहेको र त्यसमा पनि धेरै प्रयोग हुने औषधि सकिएपछि उपचार सेवा प्रभावित हुन पुगेको बताए।

‘निशूल्क वितरण गर्नुपर्ने औषधि सबै सकिइसकेको छ । पुरानो औषधि सकिएको र खरिद हुन नसकेका कारण विरामीले उपचार पाउन छाडिसकेका छन्,’ खत्रीले भने।

अस्पतालमा सबभन्दा बढी वितरण हुने औषधि रुघाखोकी, भाईरल ज्वरो र एन्टीबायाजिटक सकिएको अस्पतालले जनाएको छ । औषधि अभाव भएपछि उपचार गर्न आउने विरामीहरु नीजि अस्पताल र मेडिकल जान बाध्य छन्।

५० शैयाको अस्पतालमा दरबन्दी अनुसार दक्ष जनशक्ति नभएका कारण सेवा प्रभावकारी नभएको जिल्लाबासीको गुनासो आईरहेका बेला निशूल्क पाउनुपर्ने औषधि पनि सकिएपछि जिल्ला अस्पताल ‘रेफर सेन्टर’ मा परिणत हुन लागेको हो।

अति जरुरी औषधि अभाव हुँदा आकस्पिक सेवामा प्रभाव परेको तथा इमरजेन्सीमा चाहिने अक्सिजन पनि सकिएको अस्पतालकी निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. आस्था सुब्बाले बताईन्।

अस्पतालले तत्काल औषधिको व्यवस्था नगरे ओपिडी र इमरजेन्सी दुवै सेव बन्द गर्नुपर्ने अवस्था आउनसक्ने भन्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ।

 

 

प्रकाशित: २० माघ २०७४ ०५:४१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App