१६ चैत्र २०८० शुक्रबार
समाज

पाल्पामा स्कार्पियो दुर्घटना, दुई घाइते

पाल्पा – पाल्पाको वगनाशकालीमा–१ चिर्तुङ्गधार नजिकै शुक्रवार दिउँसो करिव ३ः४५ बजेतिर स्कापियो दुर्घटना हुँदा दुई जना घाईते भएका छन्।

सुनौलीबाट पोखरातर्फ गईरहेको एचआर ४८६६५० नम्बरको भारतिय स्कापियो दुर्घटनामा हुँदा भारतको गाजियावादका मनोज सिङगल र अनुराग नन्दा घाइते भएका हुन्।

स्कारपियो तिव्रगतिमा रहेकाले दुर्घटनामा परेको बताईएको छ। स्कापियो सडकबाट एक सय मिटर तल खसेको छ। घरायसी कामको सिलसिलामा सुनौली आएका उनीहरू पोखरा घुम्न जाने क्रममा दुर्घटनामा परेका हुन्।

घाइते दुवै जनालाई उपचारका लागि युनाईटेड मिशन अस्पताल तानसेन  लगिएको छ। उनीहरूको अवस्था सामान्य छ। रुखले अड्याएको अवस्थामा स्कार्पियो रोकिएको छ। गाडीमा दुईजनामात्र सवार थिए।

प्रकाशित: १९ माघ २०७४ १५:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App