coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

ठेक्काको विरोधमा गाउँपालिका कार्यालय तोडफोड

नवलपरासी – पूर्वी नवलपरासीको बिनयीत्रिबेणी गाउँपालिकाको कार्यालयमा स्थानीयले तोडफोड गरेका छन्। गाउँपालिका अध्यक्ष र प्रशासकीय अधिकृतले मिलेमतोमा बिनयिखोलाको ठेक्का दिन लागेको भन्दै स्थानीयले तोडफोड गरेका हुन्।

तोडफोडबाट कार्यालयको झ्यालका सिसामा क्षति पुगेको छ। शुक्रवार कर्मचारीले कार्यालय खोल्नासाथ स्थानीयले ढुंगामुढा प्रहार गर्दा तीन वटा झ्यालका सिसा फुटाएका छन्।

कार्यालयले बिभिन्न ६ खण्डलाई बिभाजन गरेर गत मंसिर १९ गते सूचना प्रकाशित गरी बिनयीखोलाको टेण्डर आब्हान गरेको थियो। सूचनामा एक करोड २४ लाखमा ३७ हजार ६ सय ५२ रुपौयाँ न्यूनतम मूल्य राखेर  टेण्डर  आह्वान गरिएको थियो। टेण्डर बुझाउने म्याद शुक्रबार दिउँसो १२ बजेसम्म राखिएकोमा कार्यालयबाट १२३ वटा कम्पनीले टेन्डर दर्ता गर्नका लागि फर्म लिएका थिए।

चितवन भरतपुरका मुसे भनिने बचन कार्कीको हिरोज कन्सट्रक्सनले विहीबार नै ठेक्का पाएपछि स्थानीय आक्रोशित भएका हुन्। स्थानीयले खोला आफूहरूले संरक्षण गरेकोले टेण्डर पनि स्थानीयले पाउनुपर्ने माग राख्दै आएका छन्।

गाउँपालिका अध्यक्षले हिरोज कन्सट्रक्सनले हालेको फर्म झिक्न लगाई स्थानीयलाई नै टेण्डर दिने बचन दिएपनि पछि कमिसनमा मिलेमतो गर्दै गाउँपालिका अध्यक्ष र प्रशासकीय अधिकृतले चितवनका ब्यक्त्तिहरूलाई ठेक्कादिन लागेकाले विरोधमा उत्रिनु परेको एक जना स्थानीयले बताए।

बाहिरको व्यक्तिले टेण्डर हालेको र आफूहरूले एक्लौटी गर्न नपाएको भन्दै स्थानीयले कार्यालयमा तोडफोड गरेको गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर जिसिको आरोप छ। उनले गाउँपालिकाले आह्वान गरेको टेण्डर सबैले हाल्नपाउने  अधिकार भएको बताए।

स्थानीय केही युवाले मिलोमतोमा टेण्डर हाल्न नपाएको भन्दै तोडफोड गरेको प्रहरी निरीक्षक राजिवश्रेष्ठले बताए। बिनयीखोलामा ३१ लख ७ हजार ८ सय ६८ घनफिटसम्म नदिजन्य पदार्थ रहेको छ।

प्रकाशित: १९ माघ २०७४ १५:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App