coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

निर्णय कार्यान्वयन गर्नुपर्नेमा जोड

सरकारको निर्णय पछि दिपावली मनाउँदै रुकुम (पुर्व) पुर्वी क्षेत्रका वासिन्दाहरु । तस्वीर : नागरिक

रुकुम – पुथा उत्तरगंगा गाउँपालिका वडा नं. १२ गोलखाडाका वासिन्दाहरुले सरकारको निर्णय तत्काल कार्यान्वयन हुनुपर्ने बताएका छन्। रुकुम (पुर्वी) को सदरमुकाम गोलाखाडा केन्द्र बिन्दु भएको भन्दै यहाँका बासिन्दाहरुले सरकारको निर्णय तत्काल कार्यान्वयन हुनुपर्ने बताएका हुन्।

गत बिहीवार मन्त्री परिषद्को वैठकले रुकुम (पुर्व) को सदरमुकाम गोलखाडामा बनाउने निर्णय गरेको थियो। उक्त निर्णयलाई यहाँका वासिन्दाहरुले स्वागत गरेका थिए। सरकारको निर्णय पश्चात यहाँ खुशी पञ्चेबाजा सहित खुशी -याली, सभा र दिपावली गरिएको थियो। रुकुम (पुर्व) सदरमुकामका लागि सरकारले न्यायाचित व्यवहार गरेको यहाँका बासिन्दाहरुको भनाई छ। ‘हामीले न्याय खोजेका थियौं’ यहाँ धुव्र पुन मगरले भने, ‘सरकारले रुकुम (पुर्व) का जनतालाई न्याय गरेको छ।’ रुकुमकोट पुग्न एक÷दुई दिन लाग्ने र गोलखाडामा त्यति समय नलाग्ने उनको भनाई छ। यो रुकुम (पुर्व) को मध्य भागमा भएको यहाँका वासिन्दाहरुको भनाई छ।

‘सदरमुकाम गोलखाडामा बनाउने निर्णय पछि रुकुमकोटवासीहरु आन्दोलित छन्’ यहाँका बहादुर विकले भने, ‘आफ्नो नजिकै खोज्नु स्वभाविक हो।’ तर सबै जनतालाई सदरमुकाम कहाँ पायक हुन्छ त्यसरी हेरिनुपर्ने उनको भनाई छ। यदि यो निर्णय कार्यान्वयन नभई बदर भए रुकुम (पुर्व) जनताका लागि अन्याय हुने यहाँका बासिन्दाहरुको भनाई छ। पुनः सरकारविरुद्ध आन्दोलनमा होमिने उनीहरुले चेतावनी दिएका छन्। यो निर्णय कार्यान्वयन गराउने सरकारले खट्टा कमाउन नहुने उनको भनाई छ। जनताको साथ र समर्थन भएकाले यो निर्णय कार्यान्वयन गरि जनताको कामकाजमा सहज बनाउन उनीहरुले सरकारलाई आग्रह गरेका छन्। रुकुमकोट विकास भएकाले अब रुकुम (पुर्व) को पुर्वी क्षेत्रमा विकास हुनु पर्ने यहाँका वासिन्दाहरुको नाई छ। ‘हामी बर्षाैदेखि पीडित भएका छौं’ उनले भने, ‘अहिले पनि राजनीतिक शक्तिमा अन्याय गर्ने प्रयास भएको छ। त्यो कुनै पनि हालतमा मान्य हुने छैन्’ उनले भने।

तटस्थ थिए जनता

सरकारले गोलखाडालाई रुकुम (पुर्व) को सदरमुकाम बनाउने निर्णय गर्नु भन्दा पहिला सर्वसम्वतले रुकुमकोट सदरमुकाम बन्नेमा कुनै दुबिधा थिएन्। सबै जनताको केन्द्र बिन्दु भन्दा पुर्वाधार विकासले गर्दा यहाँका वासिन्दाहरु पनि रुकुमकोट सदरमुकाम मान्न तयार थिए। जब एकाएक मन्त्री परिषद्को बैठकले गोलखाडालाई सदरमुकाम बनाउने निर्णय ग-र्याे त्यसपश्चात यहाँका वासिन्दाहरु पनि सदरमुकाम बनाउनु पर्ने कडा आवाज निकाल्न थालेका छन्। ‘हामीहरुले गोलखाडामा सदरमुकाम हुन्छ भन्ने कल्पना समेत गरेका थिएनौं’ स्थानीय अमर बुढाले भने, ‘मन्त्री परिषद्को निर्णय पछि खुशी लागेको छ।’ सरकारले राजनीति पहुँच भन्दा जनताको आवश्यकता बुझेको उनले प्रतिक्रिया दिए। स्थानीय तहको चुनावका बेला यहाँ प्रतिनिधिहरु रुकुमकोटको बिकल्प खोजेका थिएनन् । अहिले स्थानीय प्रतिनिधिहरु दुई खेमामा छन्। प्रतिनिधि र प्रदेश सभाका सांसद् खुलेर लागेका छैनन्।

सातौ दिनपनि आन्दोलन

यता रुकुमकोटमा भने सातौ दिन सम्म पनि आन्दोलन जारी छ। सरकारले उक्त निर्णय पुनर्विचार नगरेसम्म आन्दोलन जारी रहने यहाँका बासिन्दाहरुको भनाई छ। पुर्वाधार विकास र पर्यटकीय क्षेत्रका हिसाबले यहाँ सदरमुकाम हुनुपर्ने यहाँका वासिन्दाहरुको भनाई छ। बुधवार सातौं दिन सरकारले आफ्ना कुरा नसुनेको भन्दै यहाँका वासिन्दाहरुले थाली बजाएर आन्दोलन गरेँ। सातौं दिनसम्म बजार, शिक्षण संस्था, सरकारी तथा गैर सरकारी कार्यालयहरु खुल्न सकेका छैनन् भने चारै तिर लगाइएका नाकाहरु प्नि खुल्न सकेका छैनन्।

प्रकाशित: १७ माघ २०७४ १२:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App