७ वैशाख २०८१ शुक्रबार
समाज

गणितीय उपकरणलाई चुनौती दिने युवा

कालिकोट – जिल्लाको शान्नि त्रिवेणी गाउँपालिका —४ तिकुवाका मोहनविर धामीले गणितीय क्षेत्रमा नयाँ प्रविधि अपनाएका छन्। गणितीय हिसाब किताब गर्दा र तिथिमिति हेर्नु पर्दा उनलाई कुनै पनि उपकरणको आवश्यकता पर्दैन्। हिसाब गर्ने क्यालकुलेटरलाई उनले चुनौति दिएका हुन्।

गणित विषयका ऐकिक नियम, साधारण व्याज, बृत्त र क्षेत्र मितिलगायतका हिसाब गर्दा ८० प्रतिशतसम्म दिमागको प्रविधिले सहजै हिसाबको उत्तर पत्ता लगाउने गरेका छन्। उनले नेपाली तथा अंग्रेजी तिथिमिति समेत नहेरेरै पत्ता लगाउँछन्। धामीले सयौं बर्ष पछिसम्मको कुन बार र कुन दिन नेपाली र अग्रेजीमा सोझै पत्ता लगाउँछन्। सानै उमेरदेखि गणित विषयमा रुचि र चासो देखाउँदै आएका मोहनविर धामी कक्षा १ देखि १० सम्म सधै प्रथम भए। उनी हाल गणित विषयमा स्नताक तेस्रो बर्षमा अध्ययनरत छन्। अध्ययनसंगै धामीले पचालभरना गाउँपालिकाको शिशु कल्याण आधारभुत विद्यालयमा अस्थायी दरबन्दीमा अध्यापनसमेत गराइरहेका छन्।

‘इन्टान्स तथा लोकसेवा आयोगमा दिइने गणित विषयको हिसाबहरु सजिलैसंग उत्तर प्रश्न हेर्दा वितिकै पत्ता लगाउँछु। क्यालकुलेटर एउटा निर्जीव बस्तु हो। जसले हिसाव गर्दा कुनै गल्ती या झुटो दिदैन्,’ उनले भने, ‘किनकी क्यालकुलेटरमा गणितिय प्रविधि मानिसले नै हालेको हुन्छ। त्यस्तै प्रविधि मानिसको दिमागमा राखेमामा क्यालकुलेटरको आवश्यकता पर्दैन। क्यालकुलेटर जस्तै दिमाकले इन्पुट गरेर आवटपुट गर्न सक्छ। गणित बिषय मनमा मात्र अफठ्योरो हो। तर, प्रविधि नै मानिसको दिमाक हो।’ धामीले जनज्योती मावि तिकुवामा एकदेखि ५ सम्म पढ्दा प्रथम स्थान हासिल गरेका थिए। त्यस्तै कालिका मावि डाँडाखेत मक्षा ६ देखि ७ प्रथम स्थान प्राप्त गरे।

पंचदेवल मावि मेहलमुढी मावि तहमा पनि ऐच्छिक विषय गणित नै लिएर प्रथम भए। बडिमालिका मावि रास्कोटबाट उनले प्रविणतापत्र तह (प्लस टु)गरे। हाल जनचेतना बहुमुखी क्याम्पस सान्नी त्रिवेणी मेहलमुडीमा स्नातक तेस्रो बर्षमा अध्ययनरत छन्। धामीले कुनैपनि हिसाबको सजिलो र छिटो उत्तर पत्ता लगाउने र क्यालकुलेटर जस्तै हरेक हिसाब छिटो छरितो विधिबाट उत्तर पत्ता लगाउछन्।

पंचदेव मावि मान्मका मावि तहका गणित विषयका शिक्षक सवराज बमले मोहनविर धामीले गणितीय क्षेत्रमा नयाँ प्रविधि अपनाएको बताए। उनले भने, ‘गणितीय हिसाव गर्दा प्रयोग गरिने उपकरण र तिथिमिति हेर्ने ज्योतिशीलाई चुनौति धामीले दिएका छन्। सानैदेखि मैले नै पढाएका धामी गणित विषयमा कहिलै पछि नपरेरै सफल भएका छन्।’ गणितीय हिसाव गर्दा ५ पाना भर्ने गणितीय प्रश्नको उत्तर एकछिनमै मुखले भन्ने गरेका धामीको जिल्लामा चर्चा छ।

दुई बर्षअघि मात्रै ज्यामितीय गणितका केही सुत्रहरु प्रतिपादन गरी विश्वमै चर्चामा आएका कालिकोटका बसन्त शाही (इस्प्रीं ब्याचुलर शाही) ले पनि दुरी मापनयन्त्रको आविश्कार गरेर चर्चामा आएका थिए। कालिकोट जिल्ला साविकको मान्म गाविस वडा नम्बर ४ का बसन्त शाहीले आविष्कार गरेको यन्त्रको प्रदर्शन गरेका थिए। उनले आविश्कार गरेको दुरीमापन यन्त्र फ्रान्स पुगेर प्रमाणित गरी स्वदेश फर्किएपछि गृह जिल्ला कालिकोटमा यसको प्रदर्शन गरेका थिए।

प्रकाशित: १३ माघ २०७४ १४:०१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App