७ वैशाख २०८१ शुक्रबार
समाज

६५ वर्षमै वृद्धभत्ता दिने निर्णयको स्वागत

काठमाडौं – राष्ट्रिय ज्येष्ठ नागरिक महासंघले ६५ वर्षमै वृद्धभत्ता दिने सरकारको निर्णयको स्वागत गरेको छ।

आफ्नो उर्जाशील समय कुनै न कुनै तरिकावाट राष्ट्र, समाज र परिवारलाई ठूलो योगदान दिएर जीवनको उत्तरार्धमा रहेका ज्येष्ठ नागरिकहरूको सामाजिक सुरक्षाको प्रत्याभूति दिनु राज्यको दायित्व हुने कुरालाई दृष्टिगत गर्दै मन्त्रिपरिषदले वृद्धभत्ताको उमेर घटाएको भन्दै महासंघका अध्यक्ष राम नगिना सिंह र महासचिव छत्र बहादुर प्रधानले विहीबार विज्ञप्तिमार्फत निर्णयको स्वागत गरेका हुन्।

महासंघले ज्येष्ठ नागरिकको दैनिक जीवन संग जोडिने सामाजिक सुरक्षा भत्ता वितरण प्रणालीमा देखिएको विकृति, ढिलासुस्ती र झन्झटिलो प्रक्रियालाई यथाशीघ्र सरलीकृत गर्न आग्रह समेत गरेको छ।

प्रकाशित: ११ माघ २०७४ १३:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App