८ वैशाख २०८१ शनिबार
समाज

खुम्बुका हिमाल हिउँले ढाकिए (फोटो फिचर)

सोलुखुम्बु – सोलुखुम्बुको खुम्बु क्षेत्रमा हिमपात भएको छ। माघ महिनाको पहिलो साता बितिसक्दा समेत पानी र हिउँ नपरेर चिन्तित खुम्बुबासी कृषकले बुधबार हिमपात हुँदा राहत महसुस गरेका छन्।

अघिल्ला वर्षहरुमा माघ महिनाको पहिलो हप्तासम्म २–३ पटकसम्म हिउँ पर्ने गरेको थियो। यो वर्ष खुम्बुमा ढिलो गरी हिउँ परेको लुक्लाका फुनुरु शेर्पाले बताए। हिउँ परेसँगै सोलुखुम्बु क्षेत्रको जनजीवन भने प्रभावित बनेको छ।

खुम्बु क्षेत्र र जिल्लाको तल्लो भेगका केहि स्थानका डाडाँपाखाहरु हिउँले सेताम्मे भएका छन्। हिउँपरेसँगै अहिले माथिल्लो क्षेत्रको तापक्रम घटेको छ। खुम्बुको नाम्चे, खुम्जुङ र चौरीखर्कमा हिमपात भएको हो। जिल्लाको तल्लो क्षेत्रमा पनि बिहानैदेखि चिसो बढेको छ।

यसैबीच जिल्लाको तल्लो क्षेत्रका केही भागहरुमा पनि हिउँ परेको छ। जिल्लाको फाप्लु, रात्नाङगे, पिकेडाँडा लगायतका डाँडाहरुमा हिमपात भएको हो। पानी परेपछि कृषकहरु भने खुसी भएका छन्। मकै र गहुँ खेती गर्ने समयमा पानी परेपछि बालीलाई राम्रो हुने भएकाले कृषकमा हौसला बढेको सल्यानका स्थानीय प्रकाश खड्काको भनाई छ।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App