१५ चैत्र २०८० बिहीबार
समाज

ठगी गर्ने समूह पक्राउ

लुम्बिनी – भारतका विभिन्न स्थानमा नेटवर्किङ व्यवसायमा लगाइदिने भन्दै ठगी गर्ने समूहलाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ। 

नेपालका विभिन्न भागबाट भारत उत्तर प्रदेशको गोरखपुर, कुशिनगर र बनारसमा स्थापना भएका नेटवर्किङ व्यवसायमा जागिर लगाइदिने भन्दै नेपाली युवा युवतिबाट पैसा असुल्ने ३ वटा कम्पनीमा काम गर्ने समूहलाई प्रहरीले बुधबार सार्वजनिक गरेको हो। 

प्रहरीले पैसा असुल्ने लमजुङको दोर्दी गाउँपालिका– ५ का दर्पण लामा, दाङ लमही– ४ का कुशलराम चौधरी, धादिङ रोलाङ– ३ का ज्ञानेन्द्र मगर, काभ्रेपलाञ्चोक खानीखोला गाउँपालिका– ३ का चन्दित सिंह र बारा निजगढ– १२ का दावा लामालाई पक्राउ गरेको हो। 

प्रहरी प्रवत्ता डिल्लीनारायण पाण्डेले उनीहरुमाथि संगठित ठगी मुद्दा दायर गरेको बताए । उक्त समूहले रु ८ हजारदेखि रु ३ लाखसम्म रकम असुलेको थियो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा ८० जनाले आफूहरुबाट लाखाै रकम असुलेको निवेदन दिएका थिए। प्रहरीले पक्राउ परेका व्यक्तिहरुबाट रु १ करोड ५२ लाख बिगो माग गरेको छ।  (रासस)

प्रकाशित: १० माघ २०७४ १०:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App