coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

सय दिनमै ठडियो एकीकृत नमुना सन्तपुर बस्ती

रौतहट – धुर्मुस–सुन्तली फाउण्डेशनद्वारा रौतहटको चन्द्रपुर नगरपालिकामा निर्माधिन ‘एकीकृत नमूना सन्तपुर मुसहर बस्ती’ को निर्माण कार्य अन्तिम चरणमा पुगेको छ।

आफनो जन्मदिनको अवसर पारेर धुर्मुसले ४७ वटा घर, प्राथमिक विद्यालय, सामुदायिक भवन, मन्दिर, भ्युटावर लगायतका ५० वटा भन्दा बढी संरचना निर्माण गर्न गत असोज ४ मा बस्तीको शिलान्यास गरेका थिए। असोज २८ देखि बस्तीको पर्खालबाट सुरु गरिएको बस्ती निर्माण कार्यको आज सय दिन पुरा भएको छ।  

कलाकार धुर्मुसले सुदूरपश्चिमदेखि देशैभरका श्रमिकहरु ज्यालाको लागि नभई गरिबको लागि घर निर्माण गर्नु छ भन्दै अहोरात्र २६१ जना कामदार खटाएर नमुना मुसहर बस्तीको ९८ प्रतिशत निर्माण कार्य पुरा गरेको जनाएको छन। ५ करोड ९५ लाखको प्राविधिक लागतमा एकै ठाउँमा एकै डिजाइनका भूकम्प प्रतिरोधी, वातावरणमैत्री, अपांगमैत्री, सरकारको नीति तथा नीति अनुरुप बनेको दुई तले, तल दुई कोठा र माथि दुई कोठा, ट्वाइलेट र बाथरुम अट्याच्ड समेत भएको घरका साथै उक्त नमुना वस्तीमा विद्यालय, मन्दिर, सामुदायिक भवनको कार्य सम्पन्न भइसकेको र भ्युटावर निर्माण कार्यपनि अन्तिम चरणमा रहेको धुर्मुसले बताएका छन।

आफ्नो जन्मदिनको अवसर पारेर शिलान्यास गरेका एकीकृत नमुना सन्तपुर मुसहर बस्ती कलाकार धुर्मुसले माघ २४ गते हस्तान्तरण गर्ने लिएकोमा लक्ष्य भन्दा अगाडि नै निर्माण कार्य सम्पन्न गरेर हस्तान्तरण गर्ने बताएका छन्। कलाकारद्वय धुर्मुस र सुन्तलीले अहोरात्र खटेर बस्ती निर्माण कार्य सम्पन्न गर्न लागेपनि उनि हर्षित छैन चिन्तित देखिएका छन्।

समाजिक संजाल तथा देश विदेशमा गई विभिन्न कार्यक्रमको आयोजना गरी कलाकारद्धय धुर्मुस सुन्तलीले बस्ती निर्माणको लागि घेरै ठूलो रकम अझै अपुग भएपछि उनि चिन्तित बनेका छन्। बस्ती निर्माणको लागि एक करोड ३० लाख भन्दा बढी रकम अपुग भएपनि धुर्मुसले ऋण लिएर निर्धारित समय अगावै बस्ती हस्तान्तरण गर्ने योजना बनाएका छन्।

कलाकारद्वयले बनाएको नमुना बस्ती देखेर मुसहरहरु आकर्षक घरमा बस्ने मौका पाउँदा निकै उत्साहित देखिएका छन्। अर्कोतर्फ बस्ती बनाउने साहस एवं अठोट लिएका धुर्मुस–सुन्तली फाउण्डेशनका संचालक सीताराम कटेल र कुञ्जना घिमिरेले दाताहरुको सहयोगमा निर्माण कार्य करिब ९८ प्रतिशत सम्पन्न गरेपनि सवा एक करोड भन्दा बढी रकम तिर्न बाँकी रहेकोले थप दाताहरुको सहयोगको अपेक्षा गरेका छन्।

सन्तपुर एकीकृत नमूना बस्ती व्यवस्थापन समितिका संयोजक सत्यनारायण माझीले जीवनमा कहिल्यै नसोचेको जस्तो घर हामीहरु कलाकारको माध्यमबाट पाउन लाग्दा निकै खुशी लागेको बताए। यस समुदायका सबै परिवार एकै स्थानमा बस्ने मौका कालाकारले जुराइदिएकोमा धुर्मुष–सुन्तली आफ्नो भगवान नै रहेको अनुभुति उनले सुनाए।

बस्तीमा निर्माण भएको घरलाई रातो रंगबाट रंगरोगन गरिदा टाढैबाट उक्त बस्ती आकर्षक एवं मनमोहक जस्तै देखिएको छ। सो बाटोबाट हिड्ने जो कोहीलाई एकपटक बस्तीतर्फ आकर्षित गरिरहँदा यसबाट आन्तरिक पर्यटनलाई समेत टेवा पुग्ने उनको विश्वास छ ।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App