coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

हाब्रेको छालासहित ४ जना पक्राउ

काठमाडौं – नेपाल प्रहरीको केन्द्रीय अनुुसन्धान ब्यूरोले संरक्षित वन्यजन्तु हाब्रेको छालासहित ४ जनालाई पक्राउ गरेको छ।

ब्यूरोबाट खटिएको टोलीले अवैधरुपमा हाब्रेको दुई थान छाला ओसारपसार गरी खरिद बिक्री गर्न लागेको अवस्थामा बूढानीलकण्ठबाट मकवानपुरका विनोदकुमार राना, स्याङ्जाका हर्कबहादुर आले, नुवाकोटका राजकुमार तामाङ र भोजपुरका ध्यानबहादुर राईलाई आइतबार पक्राउ गरेको हो।

पक्राउ परेकालाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा २६ (१) बमोजिम अपराध गरेको भन्दै कानूनी कारबाहीका लागि आइतबारै जिल्ला वन कार्यालय हात्तिसार पठाएको ब्यूरोले जनाएको छ।

अवैधरुपमा वन्यजन्तु ओसारपसार गर्ने व्यक्तिलाई रु ५ लाखदेखि रु १० लाखसम्म जरिवाना वा पाँच वर्षदेखि १५ वर्षसम्म कैद वा दुवै सजाय हुने कानूनी प्रावधान छ।

प्रकाशित: ७ माघ २०७४ १५:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App