७ वैशाख २०८१ शुक्रबार
समाज

मार्तडीलाई व्यवस्थीत शहर बनाउने तयारी

बाजुरा – बाजुराकाे बडिमालिका नगरपालिकाले सदरमुकाम मार्तडीलाई व्यवस्थीत शहर बनाउन पहल थालेको छ । शहरको नमुनाका रुपमा विकास गर्न नगरपालिकाले सम्बन्धीत बजार बासी र सरोकारवाला निकायसँग छलफल सहीत पहल सुरु गरेको हो।

मार्तडी बजार क्षेत्रमा बसोबास गर्ने बजार बासी, सरोकारवाला निकाय, शहर विकाससँग सम्बन्ध राख्ने जानकारसँग छलफल गरेर प्रक्रिया अघि बढाईएकोे नगर प्रमुख पदम बडुवालले बताए।  

मार्तडीलाई व्यवस्थीत र नमुना शहरका रुपमा विकास गर्ने नगरपालिकाको लक्ष्य अनुसार छलफल प्रक्रियालाई अघि बढाएका हौं, सर्वेदेखि अरु कामपनि माघ भित्र सुरु गर्छौ, बडुवालले भने।

सर्वसाधारणले गर्नु पर्ने सम्पूर्ण सहयोग र सहकार्यका लागि समर्थन जुटाउनुका साथै राय सल्लाह बुझ्न सर्वपक्षिय छलफल गरिएको र सुझावलाई आत्मसाथ गरी कामकारवाही अगाडि बढाउने नगर प्रमुख पदम बडुवालले बताए।

नगर विकास योजना अन्र्तगत पहिलो चरणमा तुफानडाँडा देखि लोकतान्त्रिक चोक, जिल्ला अस्पताल र बजारको डिलदेखि जिल्ला प्रशारणसम्म बाटो निर्माण गर्ने नगरपालिकाले योजना अघि सारेको छ । सडकको प्रत्येक गल्ली र चोकमा ६ देखि ९ मिटरको बनाईने छ। 

पुरानो संरचनाका आधारमा निर्माण गरिएका भवनहरुलाई थप व्यवस्थीत र सुधार गर्ने गरी नगरपालिकाले जग्गा तथा घर धनीसँग सुरुमा परामर्श गर्ने र निर्माण अभियानमा सबैलाई साथमा लिएर जाने योजना सहीत नगरपालिकाले पहल सुरु गरेको प्रमुख प्रशासकिय अधिकृत कृष्ण शाहीले बताए । हाल मार्तडी अव्यवस्थीत रुपमा रहेको छ।

नगरपालिकाको मापदण्ड र अब बन्ने संरचना बारे जानकारी सर्वसाधारणलाई गराईसकेको र पूर्व ३५ दिने सूचना पनि जारी गरिसकिएकोले काम सुरु गर्ने तयारी भईरहेको नगरपालिकाका प्राविधिक उमेश बडुवालले बताए।

सहभागी घर धनीहरुले नगरपालिकाले भनेजस्तो ६ मिटरको बाटो निर्माण गर्ने गरी जग्गा छोड्न नसकिने र त्यो गर्दा उठिबासको चिन्ता व्यक्त गरेका छन् । घरसम्म पुग्नका लागि सडक निर्माण गरिने भएकोले घर नै नरहे के को सडक विस्तार गर्नु छलफल कार्यक्रममा सहभागि कविता विष्टले भनिन। 

त्यस्तै घर धनी रोशन श्रेष्ठ र बलबहादुर रोकायाले लोकतान्त्रीक चोकदेखि जिल्ला स्वस्थ्य कार्यालयसम्म चार मिटरको एकतर्फी बाटो निर्माण गर्न अनुरोध गरेका छन् । ६ देखि ९ मिटर बाटो काट्दा सबैजसो घरको भाग सडकमै पर्ने र उठिबासकै समस्या हुने भएकोले ठुलो सवारी साधनका लागि एकतर्फी बाटो हुनेगरी ४ मिटर बाटो बनाउनुपर्ने स्वास्थ्य कार्यालय लाइनमा बसोबास गर्नेको अनुरोध छ।

घर धनी तुलाबहादुर रोकाया, उद्योग वाणिज्य संघका अध्यक्ष देबहादुर रोकाया, रेडक्रस मन्त्री रमबहादुर शाहीले मार्तडीका स्थानीय बासीको मागलाई संवोधन हुने गरी नगरपालिकाले सडक बिस्तारको काम गर्न सुझाव दिएका छन्। 

निमित्त प्रमुख जिल्ला अधिकारी खगेन्द्र मल्ल, निमित्त स्थानीय विकास अधिकारी जंगबहादुर थापा लगायतले मार्तडीको बस्तीलाई व्यवस्थीत र शरहको जस्तो नमुना दिनुपर्ने भएकोले स्थानीय बासीले नगरपालिकाको कामलाई सहयोग गर्नुपर्नेमा जोड दिएका छन्। 

नगरपालिकाको सभाहलमा भएको छलफलमा नगर प्रमुख पदम बडुवालले राम्रो र व्यवस्थीत शहर सबैका लागि आवश्यक हुने भएकोले त्यसका लागि साथ सहयोग आवश्यक रहेको बताए। घर क्षतिको मूल्याकंनलाई आधार बनाएर सहयोग गर्न नगरपालिका तयार रहेकोले सडक विस्तारमा सहयोग गर्न अनुरोध गरे। 

प्रकाशित: ७ माघ २०७४ १०:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App