coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

रौतहटमा चिसोबाट मर्नेको संख्या २३ पुग्यो

रौतहट– रौतहटमा अत्यधिक चिसोको कारण कठ्यांग्रिएर मंगलबार राति डेढ महिनाको शिशुसहित दुईजनाको ज्यान गएको छ । यीसँगै जिल्लामा चिसोबाट मर्नेको संख्या २३ पुगेको छ ।

चिसोबाट मंगलबार राति गौर नगरपालिका ७ सिसवाटोलका भाग्यनारायण दुबेका डेढमहिने नाति अनुराग र गरुडा नगरपालिका ५ महम्मदपुरका ५१ वर्षीय तेजा ठाकुर हजामको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

नवजात शिशु आमासँग सुतिरहेको अवस्थामा कठ्यांग्रिएर मूर्छित भएपछि उपचारका लागि तत्कालै गौर अस्पतालमा ल्याउँदै गर्दा बाटोमै उनको ज्यान गएको अस्पतालले जनाएको छ । यसैगरी खाना खाएर सुत्न गएका ५१ वर्षीय हजामको चिसोबाट कठ्याँग्रिदा एकपटक पखाला र बान्ता भएपछि बेहोस अवस्थामा अस्पताल लैजाँदै गर्दा मृत्युु भएको हाे।

जिल्ला दैवी प्रकोप उद्धार समितिले चिसोबाट ज्यान गुमाएका मृतकका परिवारलाई जनही एक लाखका दरले राहत उपलब्ध गराइरहेको छ । सरकारको नीतिअनुसार जिल्ला प्रशासन कार्यालय रौतहटले मृतक परिवारलाई जनही एक लाख नगद सहयोग दिइरहेको प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापाले बताए । बुधबारसम्म ११ परिवारलाई राहत सहयोग दिइसकेको उनले जनाए  ।
 

प्रकाशित: ४ माघ २०७४ ०४:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App