६ वैशाख २०८१ बिहीबार
समाज

युवा संघको टोली शीतलहर प्रभावित क्षेत्र खटिने

काठमाडौं – युवा संघ नेपालले शीतलहरबाट प्रभावित सिराहा, महोत्तरी र सप्तरीमा लत्ताकपडा र कम्बललगायतका सामग्री वितरण गर्न संगठनका अध्यक्ष राजीव पहारीको नेतृत्वमा एक प्रतिनिधिमण्डल पठाउने निर्णय गरेको छ।

संगठनको बुधबार बसेको बैठकले प्राकृतिक प्रकोपबाट समस्यामा परेका नागरिकलाई आवश्यक सहयोग गर्न जिल्ला संगठनलाई निर्देशनसमेत दिएको प्रवक्ता प्रभातविक्रम कटुवालले जानकारी दिए।

संगठनका अध्यक्ष पहारीको नेतृत्वमा एक प्रतिनिधिमण्डल शुक्रबार कपडासहितको राहत लिएर प्रभावित क्षेत्रमा जाने निर्णय बैठकले गरेको हो। उक्त संगठनको विपद् न्यूनीकरण विभागले स्थानीय प्रशासनसँग समन्वय र सहकार्य गरी राहत वितरणको काम गर्नेछ।

बैठकले शीतलहरबाट प्रभावित तराईवासीलाई न्यूनतम मानवीय आवश्यकता जुटाइदिन सरकारसँग आग्रह गरेको छ।

प्रकाशित: ३ माघ २०७४ १६:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App