२४ श्रावण २०७७ शनिबार
समाज

एक्साभेटर लगाएर कालिगण्डकी दोहन

कालिगण्डकी नदीमा डोजर लगाएर गिटी बालुवा निकालिँदै। तस्बिर: छविलाल तिवारी

पर्वत- अव्यवस्थितरुपमा गिटी वालुवा झिक्दा कालिगण्डकी नदी संकटमा परेको छ। उच्च अधिकारीहरुकै मिलेमतोमा नदीमा दोहन बढेको हो। निर्माण सामाग्री अभाव भएको बहाना बनाएर क्रसर ब्यवसायीले खुलमखुला नदीमा एक्साभेटर र डोजर लगाएर दोहन तिब्र पारेका हुन। केही दिनअघि जिल्ला समन्वय समितिमा गोप्य छलफल गरी क्रसर ब्यवसायीले नदीमा नदीजन्य बस्तुको उत्खनन्लाई तिब्र बनाएका हुन।

जिल्ला समन्वय समितिका पदाधिकारी र कर्मचारीकै मिलेमतोमा ढुंगा, गिट्टी बालुवा उत्खनन् तिब्र बनेको छ। निश्चित रुपमा मान्छेले निकाल्नुपर्नेमा नदीको बिचभागमा डोजर पुर्‍याएर नदी दोहन भइरहेको छ। सरोकारवालाले सरकारी मिलेमतोमा मात्रै यसरी दोहन सम्भव भएको भन्दै तत्काल सम्बन्धित निकायले ध्यान पुर्‍याउनुपर्नेमा जोड दिएका छन्।

व्यावसायीले नदीको बीच भागमा रहेको बालुवा अबैध उठाउन ह्याम पाईप राखेर स्काभोटर र डोजरले दिनभर उत्खनन् गर्ने गरेका छन्। स्काभेटर लगाएर ढुंगा, गिटी बालुवाको अबैध उत्खनन् हुन थालेपछि नदी किनाराका बस्ती र जलचरहरु समेत संकटमा पर्ने भएपनि वातावरणीय प्रभाव मूल्याङ्कन बिना नै जिल्ला समन्वय समितिले काम गर्न दिएको छ।

केही दिनयता ओम श्री दक्षिणामकाली क्रसर उद्योगले दिनदहाडै नदीमा डोजर र एक्साभेटर प्रयोग गरेर ढुंगा, गिट्टी, बालुवा निकालिरहेको छ। पोखरा–बागलुङ राजमार्गको सहश्रधारा र मालढुंगा–बेनी सडक खण्डको लस्तीबाट प्रष्ट देखिने गरि धमाधम ठूला–ठूला स्काभेटरले नदीको बीच भागमा बालुवा उत्खनन् गरिरहेका छन्। विश्वमै शालिग्राम शिला पाईने एकमात्र कालिगण्डकी नदीमा क्रसर उद्योगले अबैध नदीको दोहनलाई पुनः तिव्रता दिएका हुन।

केही वर्षअघि सञ्चारकर्मीको निगरानीले रोकिएको दोहन पुनः सुरु भएको हो। पछिल्लो समय स्थानीय प्रहरी प्रशासन मौन बसेपछि व्यावसायीको मनोमानी बढेको हो। जिल्ला समन्वय समितिको मिलेमतोमा निर्माण सामाग्री अभाव भएको बाहना बनाएर नदीमा डोजर र एक्साभेटर हालिएको स्रोतले जनाएको छ।

व्यावसायीले नदीको बीच भागमा रहेको बालुवा अबैध उठाउन ह्याम पाईप राखेर स्काभोटर र डोजरले दिनभर उत्खनन् गर्ने गरेका छन्। स्काभेटर लगाएर ढुंगा, गिटी बालुवाको अबैध उत्खनन् हुन थालेपछि नदी किनाराका बस्ती र जलचरहरु समेत संकटमा पर्ने भएपनि वातावरणीय प्रभाव मूल्याङ्कन बिना नै जिल्ला समन्वय समितिले काम गर्न दिएको छ।

समन्वय समितिका प्रमुख मनोहर विश्वकर्मा पौडेलका अनुसार ठूला साधन प्रयोग नगर्ने गरी ईजाजत दिएपनि व्यावसायीले मनोमानी गरेको बताए। जलजला–८ नाग्लीवाङको लस्तीस्थित कालिगण्डकी नदी पारी म्याग्दीमा पर्ने सारेमारे बगर भएपनि पर्वत खण्डमा रहेको कालिगण्डकीको बीचको भागलाई नै म्याग्दी भनेर समन्वय समितिले मिलेमतो गरेको स्रोतले बतायो। सहश्रधाराको पर्वत खण्डमा रहेको बगरलाई बागलुङ भएको बताउँदै अर्को जिल्लाको घाटबाट सामान ल्याउन दिएको बताएको छ।

तर समन्वय समितिले कर उठाउन भने यी दुबै बगरलाई पर्वतै भएको उल्लेख गरेको छ। यता क्रसर ब्यवसायीले भने सामान सहज रुपमा माग अनुसार पुर्‍याउन नसकेको दाबी गरेका छन्। ओम श्री दक्षिणामकाली क्रसर उद्योगका सञ्चालक विप्लप हमालले निर्माण सामाग्रीको अभावले मागअनुसार दिन नसकेको बताए।

केहीदिनअघि क्रसर ब्यवसायीले निर्माण सामाग्री अभाव भएको भन्दै जिल्ला समन्वय समितिमा ब्यापक दबाब बढाएका थिए। राष्ट्रिय गौरबका आयोजना र जलबिद्युत आयोजनाबाटै दबाब सिर्जना गराएर नदीमा एक्साभेटर र डोजर लगाउन दिने अनुमति मिलाउन खोजेका थिए।

समन्वय समितिमा ब्यापक दबाबपछि जिल्ला प्राविधिक कार्यालयका इन्जिनियरको नेतृत्वमा एक प्राविधिक समिति गठन गरिएको थियो। प्राविधिक समितिले मागको अवस्था, निर्माणक्षेत्र प्रभावित भए/नभएको, निर्माण सामाग्रीको अवस्था, निकाल्न मिल्ने/नमिल्ने बिषयमा अध्ययन गरी तीन दिनभित्र प्रतिबेदन बुझाउन भनिएको थियो। प्राविधिक समितिले मंगलबारदेखि स्थलगत रुपमा अध्ययन थालेको छ। तर, अध्ययन गरेझै गरेर क्रसर ब्यवसायीलाई अबैध धन्दा चलाउन अबैध गराउने चलखेल भएको समन्वय समिति स्रोतले जनाएको छ।

यसैबीच प्रहरीले कालिगण्डकी नदी किनारबाट एक एक्साभेटर र एक ट्रिपरलाई नियन्त्रणमा लिएको छ। बुधबार बिहान जिल्ला प्रहरी कार्यालयबाट गएको टोलीले नदीमा एक्साभेटर प्रयोग गरिरहेको अवस्थामा नियन्त्रण गरेको जिल्ला प्रहरी प्रमुख दिलिप घिमिरेले जानकारी दिए। कुश्मा नगरपालिका वडा नम्बर १ पाङस्थित सहस्रधारामा रहेको कालिगण्डकी क्रसर उद्योगको एक्साभेटर र ट्रिपर समातेको उनले बताए। ‘एक ट्रिपर र एक्साभेटरलाई नदीमा खन्दैगरेको अवस्थामा समातेका छौ, कारबाहीका लागि जिल्ला समन्वय समितिमा बुझाउने तयारी गरेका छौ’ उनले भने।

 

 

 

 

प्रकाशित: ३ माघ २०७४ १४:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App