७ वैशाख २०८१ शुक्रबार
समाज

क्षेत्रीय प्रशासन कार्यालय धनकुटामा तालाबन्दी

धनकुटाको क्षेत्रीय प्रशासन कार्यालयमा आन्दोलनकारीको धर्ना ।

धनकुटा – प्रदेस नंं १ को राजधानी बनाउन माग गर्दै आन्दोलनकारीले बुधबार क्षेत्रीय प्रशासन कार्यालय धनकुटामा तालबन्दी गरेका छन्। आज बिहान तालाबन्दी गर्न गएका आन्दोलनकारीलाई गेटबाहिरै रोक्न खोजेपछि प्रहरीसँग घम्साघम्सी हुँदा धनकुटा नगरपालिका वडा नंं ६ का जेशिस श्रेष्ठ घाइते भएका छन्। टाउकोमा चोट लागेका श्रेष्ठको जिल्ला अस्पताल धनकुटामा उपचार भईरहेको छ। 

प्रदेससभा सांसद निरन राई र ईन्द्रमणी पराजुलीको नेतृत्वमा गएको आन्दोलनकारीको टोलीले क्षेत्रीय प्रशासन कार्यालयमा तालाबन्दी गरेका हुन्। करीब एकसय जनाको समुहमा गएका आन्दोलनकारीले क्षेत्रीय प्रशासन कार्यालय अगाडी धर्ना दिईरहेकाले नेपाल प्रहरी र सशस्त्र प्रहरीको ठुलो समुह परिचालन गरिएको छ। 

आन्दोलनकारीले क्षेत्रीय प्रशासक राजेश्वरमान सिंह विरुद्ध नाराबाजी समेत गरेका छन्। क्षेत्रीय प्रशासक सिंहले धनकुटामा सर्वपक्षिय बैठक नबोलाई धनकुटामा भौतिक पुर्वाधार कमजोर रहेको प्रतिवेदन सरकारलाई पेस गरेको आरोप धनकुटाबासीले लगाउदै आएका छन्। 

त्यसैगरी प्रदेश राजधानीको माग गर्दै सडकमा उत्रेका जिल्लाबासीको आन्दोलनमा एैक्यबद्धता जनाउदै धनकुटाका सवै सरकारी र नीजि विद्यालय बन्द गरिएको छ। राजधानी माग गर्दै धनकुटा बजार र कोसी राजमार्गमा यातायात विहानै देखि बन्द भएको छ। यातायात बन्दको क्रममा संखुवासभाबाट धरान जाँदै गरेको एक मोटरसाईकल आन्दोलनकारीले तोेडफोड गरेको धनकुटा ट्राफिक प्रहरी प्रमुख सुरेन्द्र खड्काले बताए।

बुधबार मन्त्रिपरिषद बैठक बस्छ, त्यो बैठकले प्रदेस प्रमुख र राजधानीको टुंगो लगाउने सम्भावना भएकाले दवाव दिन आम हड्ताल गरेको संघर्ष समितिका संयोजक सुन्दरबाबु श्रेष्ठले बताए। प्रादेसिक राजधानीको माग गर्दै धनकुटाबासीले ३४ दिन देखि निरन्तर आन्दोलन गरिरहेका छन्। 

 

प्रकाशित: ३ माघ २०७४ ०६:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App