२९ असार २०७७ सोमबार
समाज

ट्र्याक्टर दुर्घटना हुँदा १८ जना घाइते

दाङ – दाङमा ट्र्याक्टर दुर्घटना हुँदा १८ जना घाइते भएका छन् ।

तुलसीपुर–सुकौरा सडकखण्डअन्तर्गत तुलसीपुर उपमहानगरपालिका–१० राइखल्यानको मोडमा मंगलबार रा १ त १६७५ नंको ट्र्याक्टर दुर्घटना हुँदा १८ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ। 

दुर्घटनाका १८ घाइतेमध्ये १६ जनालाई राप्ती अञ्चल अस्पताल, तुलसीपुरमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि बाँकेको कोहलपुर मेडिकल कलेजमा रिफर गरिएकोे इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिएका छन्। घाइतेमध्ये दुईजनाको राप्ती अञ्चल अस्पताल, तुलसीपुरमा उपचार भइरहेको छ । 

प्रकाशित: ३ माघ २०७४ ०९:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App