१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

नागरिककर्मी दासलाई गरिबी निवारण पत्रकारिता पुरस्कार

काठमाडौं– नागरिक राष्ट्रिय दैनिकका महोत्तरी संवाददाता महेशकुमार दासलाई गरिबी निवारण कोष राष्ट्रिय पत्रकारिता पुरस्कार–२०७४ प्रदान गरिएको छ। उद्योगमन्त्री सुनीलबहादुर थापाले राजधानीमा आइतबार आयोजित एक कार्यक्रमबीच दासलाई ४० हजार राशीको उक्त पुरस्कार र प्रमाणपत्र प्रदान गरे।

छापा माध्यममा गरिबी निवारणसम्बन्धी खोजमूलक समाचार लेखेबापत दास पुरस्कृत भएका हुन्।  दाससँगै द हिमालयन टाइम्सका बाजुरा संवाददाता प्रकाश सिंह, सामुदायिक रेडियो नेटवर्ककी लक्ष्मी बस्नेत र जनतापत्र साप्ताहिक, सिन्धुपाल्चोकका टीका सुवेदी पुरस्कृत भएका छन्। 

प्रकाशित: ३० पुस २०७४ १३:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App