७ वैशाख २०८१ शुक्रबार
समाज

स्कर्पियो दुर्घटनामा एकको मृत्यु, एक घाइते

धादिङ – त्रिभुवन राजपथ अन्तर्गत धादिङको थाक्रे गाउँपालिका वडा नं ५ दामेचाैरमा स्कर्पियो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। 

चितवनबाट काठमाडौँ तर्फ जाँदै गरेको बा १६ च ८७७३ नम्बरको स्कर्पियो शनिबार अनियन्त्रित भइ पल्टिँदा चितवन रत्ननगरपालिका ७ का ३८ वर्षीय चालक भाजुराम महतोको मृत्यु भएको हो। 

ईलाका प्रहरी कार्यालय खानिखोलाका अनुसार उक्त जिप सडकबाट झण्डै ८ सय मिटर तल खसेको थियो । दुर्घटनामा सोही ठाउँकी ३० वर्षीया खिम कुमारी महतो घाइते भएकी छिन् । घाइते महतोको धार्के स्थित स्थानीय अस्पतालमा उपचारमा भइरहेको छ ।

प्रकाशित: २९ पुस २०७४ ०८:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App