८ वैशाख २०८१ शनिबार
समाज

पहिलोपटक न्यानो लुगा वितरण

 

डडेल्धुरा - स्थानीय सरकार निर्माण भए सँगै डडेल्धुरामा न्यानो लुगा वितरण कार्यक्रम शुरु भएको छ । गाउँपालिका र वडामा निर्वाचित जनप्रतिनिधि आएपछि पहिलो पटक लक्षित समुदाय र वर्गका मानिसलाई न्यानो लुगा वितरण गर्न थालेका छन् ।

डडेल्धुराको आलिताल गाउँपालिका–४ मा वडा कार्यालयले विहिबार न्यानो लुगा वितरण गरेको छ । वडा कार्यालयको निर्णयअनुसार वडाध्यक्षले ४ नं का एकल महिला, ज्येष्ठ नागरिक, शारीरिक अपांगता भएका मानिसलाई न्यानो लुगा वितरण गरेको वडाध्यक्ष चन्द्र बोहराले जानकारी गराएका छन्  ।

केही दिनयता चिसो अत्यधिक बढेको र चिसोको असर विशेषगरी ज्येष्ठ नागरिक, बालबालिका, एकल महिला र अपांग मानिसलाई पर्ने भएकाले उनीहरुलाई चिसोबाट जोगाउनका लागि न्यानो लुगा वितरण गरेको अध्यक्ष बोहराले बताए । न्यानो लुगा वितरण कार्यक्रममा ज्येष्ठ नागरिक, एकल महिला, अपांग व्यक्तिलाई आलिताल गाउँपालिकाका प्रमुख बलबहादुर गुरुङको प्रमुख आतिथ्यमा वितरण गरिएको हो ।

न्यानो लुगा वितरण गर्दै गाउँपालिका प्रमुख गुरुङले चिसोका कारण कुनै पनि व्यक्तिले बिरामी हुनुपर्ने अवस्था आउन नदिन र विशेषगरी महिला तथा ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिलाई न्यानो पार्नका लागि कम्बल वितरण गरिएको बताए ।

आलिताल गाउँपालिकाका ८० जना नागरिकलाई न्यानो लुगा वितरण गरिएको वडाध्यक्ष बोहराले जानकारी गराए । डडेल्धुरामा जननिर्वाचित प्रतिनिधि आएपछि पहिलो पटक न्यानो लुगा वितरण गर्न थालिएको हो । परशुराम नगरपालिकामा पनि न्यानो लुगा वितरण गरिएको थियो ।

प्रकाशित: २८ पुस २०७४ ०३:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App