४ वैशाख २०८१ मंगलबार
समाज

धनकुटालाई प्रदेशको राजधानी बनाउन धर्ना

काठमाडौँ - धनकुटालाई प्रदेश नं १ को राजधानी बनाउनुपर्ने माग गर्दै प्रधानमन्त्रीको  निवास बालुवाटारमा धर्ना दिइएको छ ।

हरेक हिसाबले राजधानीका लागि धनकुटा नै उपयुक्त हुने भन्दै धनकुटाका प्रदेश सांसद, नागरिक अगुवा र व्यवसायीलगायतले आज बिहान ९ देखि १०ः३० बजेसम्म धर्ना दिएका हुन् ।

धनकुटालाई प्रदेश राजधानी बनाउनुपर्ने माग गर्दै धनकुटावासीले जिल्लामा समेत आन्दोलन गर्दै आएका छन् । नेकपा एमाले धनकुटाका सचिव सुरेन्द्र पौडेलले भूगोल र संरचनागत हिसाबले राजधानीका लागि धनकुटा नै उपयुक्त हुने दाबी गरे । रासस
 

प्रकाशित: २७ पुस २०७४ ०५:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App