१५ चैत्र २०८० बिहीबार
समाज

‘न्यायका लागि ममात्र होइन, तीन पुस्ता लड्नेछ’

काठमाडौं- भित्ताभरि पालैसँगै गुमाएका छोरा र पतिको तस्बिर छन् । ती तस्बिर नजिकै गणेश र शिवजीका फोटो पनि टाँसिएका छन् । उनी तिनै तस्बिर हेर्दै दिनरात काट्छिन् । कति घाउ खाटा बसिसके तर उनको न्यायको खोजी भने रोकिएको छैन ।
गोरखा फुजेलकी ५८ वर्षीया गंगामाया अधिकारीले यतिखेर द्वन्द्वकालमा माओवादी पक्षबाट मारिएका छोरा कृष्ण अधिकारीको र न्यायका लागि अनसरनरत रहँदारहँदै मृत्यु भएका पति नन्दप्रसाद अधिकारीको लागि अनशन बसिरहेकी छन् ।
उनी ६ वर्षदेखि वीर अस्पतालमा अनशनरत छिन् उनी । १२ वर्षअघि माओवादीबाट मारिएका१७ वर्षीय छोरा कृष्णप्रसादको न्यायको लागि अधिकारी दम्पत्ती यही अस्पतालमा अनशन बसेका थिए । पति नन्दप्रसादको अनशनकै क्रममा चार वर्षअघि यहीं नै मृत्यु भयो । सरकारले न्याय नदिएको कारण पतिको मृत्यु भएको भन्दै उनले अहिलेसम्म नन्दप्रसाद अधिकारीको शव बुझेकी छैनन । उनको शव टिचिङ अस्पतालमै राखिएको छ ।
१२ वर्षअघि १७ वर्षीय कृष्णप्रसादको चितवन हजुरबुवा भेट्न गएका बेला हत्या भएको थियो । ‘पहिले मेरो छोरोको हत्या गरे, पछि सरकारले पतिको,’ उनले भनिन् । अनशनकै क्रममा पतिको मृत्यु भएकाले उनले पति ‘नन्दप्रसादलाई सरकारले हत्या गरेको’ बताइन् । ‘म त यहीं नै मर्छु, सापें भएर बाँच्नु पनि छैन, तर छोरा र पतिको न्यायको लागि तीन पुस्ता लडिरहनेछ,’ उनले भनिन्, ‘मैले अपराधीलाई चिनेकी छु, पक्राउ गर भन्दा २२ हजार धरौटीमा फिर्ता गर्न पाइन्छ ? मेरो बच्चाको हत्यारालाई माफी दिन सक्तिनँ ।’
आफ्नो छोरा निर्दोष अवस्थामै रिसइवीका कारण मारिएको कारण कुनै हालतमा पनि माफी दिन नमिल्ने उनले बताइन् । ‘न्याय नपाइ मरेँ पनि के भो त ? सरकारले न्याय खोज्ने जतिलाई मारिरहन्छ भने मारोस्, मेरा बुढाले न्याय खोज्दा मर्नु प¥यो । मर्ने उमेर पनि भएको थिएन, अब म पनि मरुँला,’ उनले भनिन् । उनले घरिघरि अस्पतालको बेड नै आफ्नो मृत्युको थलो भएको संकेत गरिन् । आपूmले ओढेको ब्लाङकेट देखाउँदै उनले भनिन्, ‘मेरो बुढाले यहीँ कात्रो ओढे, म पनि कात्रो ओढेर बसेकी छु ।’
गंगामायाका अनुसार उनको छोरालाई मार्न लगाउनेहरू भीमसेन पौडेल र छविलाल हुन् । ‘मेरो छोराको हत्यामा संलग्न भीमसेन पौडेल, जानुका पौडेल, परशुराम पौडेललगायतका सबै व्यक्तिले सजाय पाउनुपर्छ’, उनले भनिन् । छोरा राज्यपक्ष र माओवादी कुनै पक्षको नहुँदा पनि मारिएको हुनाले आम माफी दिन नसक्ने उनको दाबी छ ।
छोराको मृत्युपछि अपराधीविरुद्ध ६÷७ वर्ष मुद्दा लड्दा पनि न्याय नपाएपछि अनशन बसेको उनले बताइन् । ‘कुन ठाउँ मात्र पुगेनौं, कुन चौकीमा मात्र पुगेनौं ?’ उनले संघर्षका दिन सम्झिँदै भनिन् । आउँदो बिहीबार जिल्ला अदालत चितवनमा हत्या प्रकरणको मुद्दाको बहस चल्दैछ । उनलाई न्याय मिल्ला भन्ने विश्वास छैन । ‘कुनै सरकारले न्याय दिन सकेनन्, उल्टै अपराधीको संरक्षण गरे,’ उनले भनिन् ।
०६८ असोजदेखि अनशन बसेकी गगांले सुरुका दिनमा पानी मात्र पिएर बिताएकी हुन् । स्वास्थ्य बिग्रदंै गएपछि पानी, सुप र दूध मात्र खान थालेकी हुन् । उनले ६ वर्षदेखि अन्न र फलपूmल खाएकी छैनन् ।
अनशनकै कारण खुट्टा जाम भएपछि गत वर्ष दाहिने खुट्टाको शल्यक्रिया गरिएको थियो । यतिखेर उनी राम्रोसँग हिँड्न सक्दिनन् । अनुहार सुन्निएका छन् । अस्पतालले उनको हेरचाहका लागि दुई नर्स खटाएको छ । उनको लागि नियमित बस्ने तिनै नर्सहरू नै परिवारका सदस्यजस्ता भएका छन् ।

प्रकाशित: २६ पुस २०७४ ०३:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App