१६ चैत्र २०८० शुक्रबार
समाज

खानाको बिषयमा कुटपिट, एकको ज्यान गयो

नुवाकोट – बर्दियाको राजापुर नगरपालिका–१० का रघुनाथ सिग्देलको छिमेकीको कुटपिटबाट मंगलबार ज्यान गएको छ । आवास निर्माणका लागि नुवाकोटको विदुर नगरपालिका–२ स्थित शेरामा आएका ३६ वर्षका सिग्देलको छिमेकी २२ वर्षीय सन्तोष रोकाको कुटपिटबाट ज्यान गएको  प्रमुख प्रहरी उपरीक्षक वसन्त कुँवरले जानकारी दिए ।

आइतबार राति दुई जनाबीच विवाद उत्पन्न हुँदा रोकाले सिग्देललाई लात्तीले प्रहार गरी मुटुमा चोट पु¥याएका थिए । मुटुमा चोट लागेका सिग्देलको नुवाकोटमा उपचार हुन नसकेपछि सोमबार साँझ काठमाडौँस्थित त्रिवि शिक्षण अस्पतालमा ल्याइएको थियो । सिग्देलको उपचारको क्रममो आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ । कुटपिट गर्ने रोकालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीका अनुसार कामदारहरुले आलोपालो गरी खाना पकाउने गरेकोमा सिग्देलले बनाएको खाना ‘मीठो नभएको’ भन्ने विषयमा विवाद उत्पन्न हुँदा रोकाले सिग्देललाई कुटपिट गरेका थिए ।  (रासस)

 

प्रकाशित: २५ पुस २०७४ ०५:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App