४ वैशाख २०८१ मंगलबार
समाज

शीतलहर प्रभावित तराईका २२ जिल्लामा राहत घोषणा

काठमाडौं – सरकारले तराईका २२ जिल्लामा केही दिनदेखि बढेको चिसोको मारमा परेका सर्वसाधरणलाई २ करोड २२ लाख रुपैंया बराबरको राहत वितरण गर्ने निर्णय गरेको छ । सोमबार प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनमा गृह मन्त्रालयले तराईका २२ जिल्लामा राहत घोषणा गरेको थियो ।

गृह मन्त्रालयले तराईका २२ जिल्लामा प्रति जिल्लामा १० लाख रुपैंयाको कम्बल र दाउरा लगायतका न्यानो सामाग्री वितरण गर्ने निर्णय गरेको हो । गृहले आजै सरकारको मौजदातमा रहेका कम्बल लगायतका समाग्रीहरु पनि तत्काल तराईका २२ जिल्लामा पठाउने तयारी गरेको छ । ‘प्रधानमन्त्रीको निर्देशमा तराईमा २२ जिल्लामा तत्काल २ करोड २२ लाख रुपैंया बराबरको राहत वितरण गर्ने निर्णय भएको छ’ गृह सचिव मोहनकृष्ण सापकोटाले भने, ‘राहत वितरणको कार्य आजैदेखि सुरु हुन्छ । केन्द्रबाट कम्बल लगायतका सामाग्री जाने क्रम सुरु भैसकेको छ ।’

गृहले जिल्लास्थित स्थानीय विपत व्यवस्थापन समितिको सिफारिसमा उक्त राहत वितरण गर्ने निर्देशन समेत गरेको छ । गृहले तत्काल केन्द्रीय दैवीप्रकोप उद्दार कोषबाट उक्त रकम वितरण गर्ने भएको छ । ‘मौजदातमा रहेका न्यानो कपडाहरु आजैदेखि जिल्ला जान सुरु भएको छ’ गृह सचिव सापकोटाले भने, ‘सशस्त्र प्रहरीको ट्रकबाट ढुवानी सुरु भैसकेको छ ।’ गृहले तराईमा स्कुल लगायतका सार्वजनिक भवनमा बालबालिका र बुढापाकालाई न्यानोमा राख्न अस्थायी सेल्टर पनि खडा गर्ने सम्बन्धित जिल्लालाई निर्देशन दिएको छ ।
                 

प्रकाशित: २४ पुस २०७४ १२:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App