coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

शंकास्पद गतिविधिमा संलग्न २९ जना पक्राउ

पोखरा – पोखरामा रहेका दुई यातायात व्यवस्था कार्यालयमा शंकास्पद गतिविधिमा संलग्न रहेको आशंकामा २९ जना व्यक्तिलाई आज प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रवक्ता प्रहरी नायब उपरीक्षक खड्गबहादुर खत्रीले दिएको जानकारीअनुसार पृथ्वीचोकस्थित यातायात व्यवस्था कार्यालयको सवारी दर्ता र नवीकरण शाखाबाट १९ र ड्यामसाइटस्थित कार्यालयको लाइसेन्स शाखाबाट १० जनालाई पक्राउ गरिएको हो।

उनीहरुले ती दुई कार्यालयमा आउने सेवाग्राहीलाई अनेकौ प्रलोभन देखाई रकम असुल्ने र अशान्ति फैलाउने जस्ता क्रियाकलाप गरेकाले केही सार्वजनिक अपराध तथा सजाय ऐन, २०२७ बमोजिम जिल्ला प्रशासन कार्यालयवाट म्याद थपको अनुमति लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: २३ पुस २०७४ १५:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App