१६ चैत्र २०८० शुक्रबार
समाज

चिसो बढेपछि विद्यालय बन्द गर्न शिक्षा कार्यालयको निर्देशन

नेपालगन्ज- चिसोले जनजीवन कष्टकर बन्दै गएपछि बिद्यालय बन्द गर्न जिल्ला शिक्षा कार्यालय बाँकेले निर्देशन दिएको छ। सोमबारबाट लागु हुने गरी बिद्यालय बन्द गर्न सार्वजनिक रुपमा सूचना जारी गरिएको जिल्ला शिक्षा अधिकारी भिमबहादुर साउदले जानकारी दिए। ‘चिसोमा कठ्यांग्रिदै बालबालिकाहरु बिद्यालय गईरहेको पाईयो, चिसोले बालबालिका बिरामी पर्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै बन्द गर्न निर्देशन दिएका हौं,’ उनले नागरिकसँग भने।

 उनका अनुसार जिल्लामा सञ्चालित सामुदायिक, संस्थागत र मदरसा बिद्यालय सबै बन्द हुनेछन्। कतिपय सामुदायिक र संस्थागत बिद्यालयमा परिक्षा चलिरहेको प्रसङ्गमा जिशिअ साउदले भने, ‘चलिरहेको परीक्षालाई पछाडी सार्न सकिन्छ, चिसोमा कठ्यांग्रिदै बिद्यार्थीले दिएको परीक्षाको खासै अर्थ हुँदैन।’

 मौसममा सुधार नआउँदा सम्म एक हप्ता जति बिदा गर्नुपर्ने जिल्ला शिक्षा अधिकारी साउदले बताए। ‘सबै बिद्यालयलाई जानकारीका लागी एफएम रेडियोमार्फत सार्वजनिक सूचना प्रशारण गरिरहेका छौं,’ उनले भने। जाडो बिदा गरेका बिद्यालयले पछि आन्तरिक बिदामा समायोजन गर्न सक्ने उनको भनाई छ। जिल्ला शिक्षा कार्यालयका अनुसार बाँकेमा कुल ३ सय ८८ वटा सामुदायिक र २ सयको हाराहारीमा संस्थागत विद्यालय सञ्चालनमा छन्।

 

प्रकाशित: २३ पुस २०७४ १३:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App