७ वैशाख २०८१ शुक्रबार
समाज

सत्य निरूपण आयोगको म्याद नथप्न माग

काठमाडौं – द्वन्द्वपीडित साझा चौतारीले सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको म्याद थपबारे पुनर्विचार गर्न माग गरेको छ।

‘वर्तमान कानूनले दिएको तीनवर्षे कार्यकाल आयोग गठनको औचित्य सावित गर्न सक्ने कुनै पनि ठोस उपलब्धिबिना सकिएका दुईवटै आयोगको म्याद सरकारले अध्यादेशमार्फत एक वर्ष थप्न सिफारिस गरेकोमा द्वन्द्वपीडित साझा चौतारी गम्भीर चासो व्यक्त गर्दछ’, चौतारीद्वारा शनिबार जारी विज्ञप्तिमा भनिएको छ।

संक्रमणकालीन न्यायका सम्बन्धमा आएका सवाल एवं चुनौतीको सम्बोधन नगरी सरकारले केबल आयोगको म्याद थप्ने मात्रै काम गरेको चौतारीको भनाइ छ।

प्रकाशित: २२ पुस २०७४ १५:५२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App