८ वैशाख २०८१ शनिबार
समाज

जागिर लगाइदिने भनी ठगी गर्ने दुई जना प्रहरी खोरमा

काठमाडौं–नेपाल विद्युत प्राधिकरणमा जागिर लगाइदिने भनी ठगी गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका–३२ कोटेश्वर बस्ने सप्तरीको बलान बिहुल गाउँपालिका–६ का ३७ वर्षीय कानुन व्यबसायी जयप्रकाश दास र काठमाडौं नयाँबानेश्वर शान्तिनगर बस्ने सिराहाको भगवानपुर गाउँपालिका–२ का ४३ वर्षीय अशोककुमार मुखिया  छन् ।

प्राधिकरणको सिनियर मिटररिडर पदमा आवेदन दिएकामध्ये केही आवेदकसँग दास र मुखियाले दश लाख रुपैयाँ ठगेको महानगरीय अपराध महाशाखा  टेकुले जनाएको छ । जयप्रकाशले आफु श्रम मन्त्रालयको कर्मचारी भएको र खर्च गरेमा प्राधिकरणका मान्छेलाई प्रभाव पारी जागीर लगाइदिन सक्ने भन्दै पैसा लिएर फरार भएका थिए ।  

जागिर खाेज्नेहरु अाफू ठगिएको थाहा पाएपछि प्रहरीकहाँ पुगेका थिए । प्रहरीले मुखियालाई पुस १७ गते काठमाडौं सिनामंगलबाट र दासलाई पुस १८ गते पक्राउ गरेको हो । उनीहरुउपर थप अनुसन्धान कार्य भइरहेको अपराध महाशाखाले जनाएको छ ।

प्रकाशित: २० पुस २०७४ १२:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App