२५ जेष्ठ २०७७ आइतबार
समाज

९ किलो चरेस सहित एक पक्राउ

काठमाडौं- चन्द्रागिरी नगरपालिका २, नागढुंगाबाट प्रहरीले ठूलो परिमाणमा लागुऔषध सहित एक जनालाई प्रकाउ गरेको छ।

महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरी टोलीले धादिङ्गबाट काठमाडौं तर्फ आउँदै गरेको बा ४ ख ७३८० नम्बरको यात्रुबाहक बसलाई चेकजाँच गर्ने क्रममा ९ किलोग्राम लागुऔषध चरेस सहित धादिङ्ग, बेनिघाट बस्ने ३० वर्षीय देवलाल तामाङ्गलाई पक्राउ गरेको महानगरीय प्रहरी प्रभाग नागढुंगाले जनाएको छ। तामाङ्गलाई महानगरीय प्रहरी वृत्त थानकोटमा राखि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

 

प्रकाशित: १९ पुस २०७४ १३:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App