९ मंसिर २०८१ आइतबार
image/svg+xml
समाज

यस्ता छन् सात प्रदेशका सात समाचार (भिडियो सहित)

पहाडका गाउँगाउँमा जाँत

बसाइँसरी तराइका विभिन्न ठाउँमा बस्दै आएका सुदूरपश्चिमेली जाँत सुरुभएसँगै पहाड उक्लिन थालेका छन।गौरा र जाँतलाई विशेष पर्वका रूपमा लिने यस क्षेत्रका मानिस रोजगारीका लागि भारतबाट समेत कूलपूजाका लागि घर फर्कने गर्दछन।  

चार महिनामा सात प्रतिशत मात्रै बजेट खर्च

३३ अर्ब ८० करोड २४ लाख रुपैयाँ बजेट विनियोजन गरेको कर्णाली प्रदेश सरकारद्वारा चालू आर्थिक वर्षको चार महिनामा सात प्रतिशत मात्रै बजेट खर्च गरेको छ । जस अनुसार  पुँजीगततर्फ ५.२९ प्रतिशत र चालूतर्फ ११ प्रतिशत बजेट खर्च भएको छ ।  

विषयगत समिति विहीन संसद्

६ वटा संसदीय समिति कायम रहेको लुम्बिनी प्रदेशसभाको दोस्रो कार्यकाल सुरु भएको झण्डै एक वर्षसम्म पनि संसद् विषयगत समिति (संसदीय समिति) विहीन भएको छ।   सरकारको पूर्णता र संसदीय समितिको विषयलाई एकै साथ टुंग्याउने गरी दलीय भागवण्डा मिलाउन समिति निर्माणमा विलम्ब हो।  

कात्तिकमा मात्रै ८० हजार पुगे मुस्ताङ

७३ हजार ८ सय ७९ आन्तरिक र ५५ सय ४ विदेशी गरी कात्तिक महिनामा मात्रै हिमालपारिको जिल्ला मुस्ताङमा झन्डै ८० हजार पाहुना पुगेका छन ।   १३ हजार ९ सय १ सवारी साधनबाट मुस्ताङ पुगेको प्रहरी प्रमुख डिएसपी भोजराज पाण्डेको भनाइ छ ।  

विश्वविद्यालयका गाडीहरू रातो प्लेटमा

निजी सवारी साधनमा प्रयोग गरिने रातो प्लेटमा सेतो अक्षरको नम्बर प्लेट चितवनको रामपुरमा रहेको कृषि तथा वन विज्ञान विश्वविद्यालयका सबैजसो गाडीमा प्रयोग गरिँदै आएका छन।विश्वविद्यालयका पदाधिकारी चढ्ने गाडी सहित ट्याक्टर भ्यानमा समेत रातो प्लेट नै रहेको सामान्य प्रशासन महाशाखाको भनाइ छ।  

रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माणको माग

अलपत्र अवस्थामा रहेको सप्तरीको राजविराज नगरपालिकाको निर्माणाधीन रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माणको माग गर्दै सप्तरी युथ नेपालद्वारा आन्दोलन सुरु गरेको छ । २०७५ मा घोषणा गरी २०७८ असार २२ गते तत्कालीन प्रधानमन्त्री केपी ओलीले शिलान्यास गरेको भवनको अहिलेसम्मको प्रगति डिपिआर मात्रै भएको बताइएको छ ।  

विधेयक पारित

कोसी प्रदेश सभाको आज बसेको बैठकमा ‘कोसी प्रदेश आर्थिक अध्यादेश, २०८०’ लाई प्रतिस्थापन गर्न बनेको ‘कोसी प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक, २०८०’ सर्वसम्मत पारित भएको छ।हाजी इसराइल मन्सुरीको अध्यक्षतामा बसेको बैठक दुई पटक स्थगित भइ दिउँसो २ः४५ मा सम्पन्न हो।  

प्रकाशित: १० मंसिर २०८० १५:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App