coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

बाँदरलाई भन्दै मान्छेलाई गोली हान्दा एकको मृत्यु

पाल्पा– बाँदरलाई भन्दै हानेको गोली लाग्दा एक व्यक्तिको मृत्यु भएको छ । तिनाउ गाउँपालिका–६, मस्यामको छत्तीवन जंगलमा गोली लागि ६२ वर्षका धनबहादुर थापाको मृत्यु भएको हो ।
३६ वर्षका बलबहादुर लम्तरीले बाँदरलाई भन्दै हानेको भरुवा बन्दुकको गोली लागि थापाको मृत्यु भएको हो । सोमबार साँझ ७ः४५ बजेको समयमा जंगलमा हिँडेका धनबहादुरलाई बाँदर ठानी बलबहादुरले गोली चलाएको प्रहरी सामु बयान दिएका छन् ।
बाँदर भनि झुक्किएर गोली चलाउँदा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । गोली हान्ने बलबहादुरलाई भरुवा बन्दुकसहित पक्राउ गरेर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित: १८ पुस २०७४ ०६:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App