८ मंसिर २०८१ शनिबार
image/svg+xml
समाज

हरिबोधनी एकादशी मेला सुरु

हरिबोधनी एकादशी मेलामा भक्तजनहरू पूजा गर्दै। तस्बिर: नागरिक

 प्रसिद्ध धार्मिक स्थल बराह क्षेत्रको चतरामा १२/१२ वर्षमा लाग्ने महाकुम्भमेलाको पूर्व तयारीसँगै हरिबोधनी एकादशी मेला आज बिहीबारबाट सुरु भएको छ। मेला प्रत्येक वर्षको हरिबोधनी एकादशीको दिनबाट सुरु भएर पूर्णिमासम्म पाँच दिन लाग्ने गर्छ। 

बराह क्षेत्रको चतरामा १२÷१२ वर्षमा महाकुम्भ मेला र ६÷६ वर्षमा अर्ध कुम्भमेला लाग्ने गर्छ । मेलाबाहेक बराह क्षेत्र मन्दिर पनि नाम चलेको भएकाले गर्दा विभिन्न सन्दर्भ पारेर मेला लाग्ने र स्वदेशी तथा विदेशी भक्तजनको जमघट हुने गर्छ।यस वर्ष महाकुम्भ आगामी चैत २७ गतेदेखि २०८० वैशाख २७ गतेसम्म आयोजना हुने भएको छ।

महाकुम्भको प्रचारप्रसार गर्ने महत्त्वपूर्ण अवसरको रुपमा यस वर्ष लागेको हरिबोधनी एकादशी मेलामा दक्षिण भारतबाट समेत उल्लेखनीय रुपमा भक्तजन आउने भएकाले तीर्थालुको सुविधा र व्यवस्थापनका लागि काम गरिएको वराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्कीले बताए । मेलालाई व्यवस्थित बनाउन वडा नं १ कार्यालयसँग समन्वय गरेर वराहक्षेत्र संरक्षण मार्फत तयारी गरि उप– समितिहरू समेत गठन गरि काम गरिएको नगर प्रमुख कार्कीले बताए।

मेलालाई व्यवस्थित र आकर्षित बनाउन  बजार, कोसी नदीमा घाटको व्यवस्थापन,  विद्युत्, खानेपानी, स्वास्थ्य, सरसफाई, सुरक्षा, स्यमसेवक, प्रचार–प्रसार लगाएको उप– समिति गठन गरेर काम गरेको वडा नं. १ का अध्यक्ष किसन थापामगरले बताए।मेलामा झन्डै पाँच  लाख तिर्थालु भक्तजन आउने अनुमान गरिएको वराहक्षेत्र संरक्षण मञ्चका अध्यक्ष भक्तबहादुर श्रेष्ठले बताए। 

कुम्भ मेलामा आएर  स्नान गर्दा जीवनमा बरदान प्राप्ति हुने विश्वास रहेको  छ।नेपालमा प्रथम पिण्डेश्वर कुम्भ मेला महोत्सवको रुपमा २०५९ साल चैत ६ गते देखि एक महिनासम्म र ०६३ चैत ६ गतेदेखि एक महिनासम्म अर्ध कुम्भ मेला लागेको थियो।यस्तै, २०७० सालमा दोस्रो महाकुम्भ मेला र २०७६ सालमा अर्को अर्ध कुम्भ मेला पनि महिना दिनसम्म लागेको थियो।

प्रकाशित: ७ मंसिर २०८० १३:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App