८ वैशाख २०८१ शनिबार
समाज

विप्लवका जिल्ला सेक्रेटरी जेल चलान

उदयपुर – नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी उदयपुरका सेक्रेटरी जेल चलान गरिएको छ । गत मंसिर २१ को प्रतिनिधिसभा र प्रदेशसभा चुनावअघि ज्यान मार्ने उद्योग गरेको अभियोगमा पक्राउ परेका पार्टी सेक्रेटरी बाबुराम सुवेदी र सदस्य बलबहादुर मगर पुर्पक्षका लागि कारागार चलान भएका हुन् ।

बिष्फोटक पदार्थ प्रयोग गरी प्रतिनिधिसभा सदस्यका निर्वाचन क्षेत्र नम्बर – २ का उम्मेदवार कांग्रेसका नारायण कार्की लगायतको ज्यान लिने उद्योग गरेको आरोपमा पक्राउ उनीहरुलाई जिल्ला अदालतको आदेश बमोजिम थुनामा राखिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । प्रहरीका अनुसार उम्मेदवार कार्की र नेविसंघ जिल्ला नेतृ मीरा कटुवाल चढेको जीपमाथि मंसिर १३ मा विद्युतीय धराप पड्काएको आरोपमा उनीहरु पक्राउ परेका थिए ।

उदयपुरगढी गाउँपालिका – ६ स्थित दनुवारबेसीमा बिष्फोट भएको विद्युतीय धरापमा परी कार्की, कटुवाल र चालक राजन कार्कीलगायत ७ जना घाईते भएका थिए । कार्कीको दुवै खुट्टामा गम्भीर चोट लागेको छ भने कटुवालको बाँया खुट्टाको घुँडाभन्दा तल्लो माग काट्नु परको छ । उनीहरुको उपचार राजधानीस्थित शिक्षण अस्पताल महाराजगञ्जमा भईरहेको छ । दुई जना पुर्पक्षका लागि अदालतको आदेशले कारागार पठाइएको छ भने बाँकीलाई रिहा गरिसकिएको जिल्ला प्रहरी प्रमुख एसपी नवराज भट्टले बताएका छन् ।

प्रकाशित: १२ पुस २०७४ ११:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App