१६ चैत्र २०८० शुक्रबार
समाज

समावेशी समूहका व्यक्ति आफ्नो कोटाभन्दा खुलामा बढी सिफारिस

काठमाडौँ (रासस)- निजामती सेवामा समावेशी क्षेत्रका व्यक्तिले आरक्षित कोटाबाट भन्दा खुला र अन्य समूहबाट बढी सफलता प्राप्त गरेको पाइएको छ।

लोकसेवा आयोगबाट लिइने परीक्षामा उनीहरुले आफ्नो आरक्षित कोटाभन्दा खुला र अन्य समूहबाट बढी सफलता प्राप्त गरेको पाइएको हो।

आर्थिक वर्षमा २०७३/७४ मा पिछडिएका, मधेशी, आदिवासी जनजाति र महिलाले आफ्नो आरक्षित कोटाभन्दा खुला र अन्य समूहबाट नाम निकाल्न सफल भएको आयोगका उपसचिव देवीप्रसाद सुवेदीले जानकारी दिए।  

उनका अनुसार आयोगले लिएको परीक्षामा पिछडिएका क्षेत्रका ७०३ जनाले विभिन्न पदमा सफलता प्राप्त गरेकामा आरक्षित कोटा १४२ तथा खुला र अन्य समूहबाट ६५१ जनाले सफलता प्राप्त गरेका छन्।

यसैगरी एक हजार ८४० मधेशीले आयोगबाट विभिन्न पदमा सिफारिस भएकामा आफ्नो आरक्षितबाट ९०१ तथा खुला र अन्यबाट ९३९ जना, आदिवासी जनजाति दुई हजार २८८ जना सिफारिस भएकामा आफ्नो समावेशी समूहबाट एक हजार २६ र अन्य समूहबाट एक हजार २६२ तथा चार हजार १५१ महिलाले आयोगबाट विभिन्न पदमा सिफारिस भएकामा एक हजार ३८३ जना समावेशी समूह र दुई हजार ७६८ सिफारिस भएको छन्।

यसैगरी अपाङ्गतर्फका २९७ सिफारिस भएको १८९ आरक्षित कोटामा र १०८ खुला कोटामा तथा दलित ५५५ कोटा सिफारिस भएकामा ३८५ जनामा आरक्षण कोटामा र १९७ आरक्षण कोटामा सिफारिस भएका छन्।
 

 

प्रकाशित: १० पुस २०७४ १०:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App