८ वैशाख २०८१ शनिबार
समाज

क्रिसमस इभमा मापसे गर्ने दुई सय ४५ पक्राउ

काठमाडाैं – महानगरीय ट्राफिक प्रहरी महाशाखाले क्रिसमस इभको अवसर पारेर मादक पदार्थ सेवन गरी सवारी चलाउने दुर्इ सय ४५ चालकलाई नियन्त्रणमा लिएको छ । महाशाखाले इसाई धर्मावलम्बीको महान् चाड क्रिसमसको अवसर पारेर आइतबार बेलुका गरेको विशेष जाँचका क्रममा  दुर्इ सय ४५ चालकलाई नियन्त्रणमा लिइ कारबाही गरिएकाे छ ।

महाशाखाका प्रमुख सर्वेन्द्र खनालले क्रिसमस इभको अवसर पारेर मापसे सेवन गरी जथाभावी सवारी साधन चलाउने र दुर्घटना हुने भन्दै महाशाखाले विशेष जाँचको व्यवस्था गरेको जानकारी दिएका छन्। 'दुर्घटना नियन्त्रण गर्न अन्य दिनको भन्दा क्रिसमस इभमा छुट्टै ३५ ठाउँमा विशेष जाँच गरेका थियाैं । महाशाखाले ८४ गाडीलाई समेत नियन्त्रणमा लिएको छ,'उनले भने ।

प्रकाशित: १० पुस २०७४ ०५:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App