१६ चैत्र २०८० शुक्रबार
समाज

खेलाडी रमिलालाई राष्ट्रिय युवा प्रतिभा पुरस्कार

ह्याण्डबल खेलाडी रमिलालाई पुरस्कार प्रदान गर्दै प्रचण्ड । तस्बिरः महेश्वर राई

उदयपुर – उदयपुरकी एक खेलाडी यसवर्षको ‘राष्ट्रिय युवा पुरस्कार’ बाट सम्मानित भएकी छिन् । त्रियुगा नगरपालिका १० बोक्सेकी राष्ट्रिय ह्यान्डबल खेलाडी रमिला बस्नेत वर्ष ०७४ को राष्ट्रिय युवा प्रतिभा पुरुस्कारबाट सम्मानित भएकी हुन्। 

गत शुक्रबार आयोजित एक कार्यक्रममा पूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुस्पकमल दाहाल प्रचण्डले बस्नेतलाई पुरस्कृत गरेको उदयपुर जेसिसले जनाएको छ। अन्तर्राष्ट्रिय संगठन नेपाल जेसिजले प्रदान गर्दै आएको राष्ट्रिय युवा प्रतिभा पुरुस्कार ह्याण्डबल खेलतर्फ उत्कृष्ट नजिता ल्याउन सफल भएकीले बस्नेतलाई प्रदान गरिएको उदयपुर जेसिस २०१७ का अध्यक्ष रुपम अनुराग गुप्ताले बताए।

गुप्ताका अनुसार नेपाल जेसिजले देशभरबाट खेलकुद तथा वातावरण विकास सन्तुलनमा योगदान पु¥याउनेहरूबाट पुरस्कारका लागि आवेदन आव्हान गरेको थियोे । जसमा खेलकुद तथा विभिन्न क्षेत्रमा योग्य भएको भन्दै १८ देखि ४० वर्ष उमेरसम्मका युवाहरूले आवेदन दिएका थिए। 

उदयपुरबाट बस्नेतको आवेदन जिल्ला शाखामार्फत जेसिजमा पुगेको थियो । पुरस्कार छनौट समितिले बस्नेतलाई राष्ट्रिय महिला ह्यान्डबल खेलातर्फ देशकै कान्छी महिला खेलाडीको रुपमा पुरस्कृत गरेको गुप्ताले बताए। अन्य जिल्लाको तुलनामा कलिलै उमेरमा ह्याण्डबल खेलतर्फ बस्नेत अग्रस्थानमा रहेकाले पुरस्कृत भएको उनले बताए। 

ह्याण्डबल खेलमा १३ वर्षकै कलिलो उमेरदेखि प्रवेश गरेकी बस्नेतले १४ वर्षको उमेरमा नेपालको प्रतिनिधित्व गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलहरूमा सहभागी भएर नेपाललाई स्वर्ण, रजत तथा कास्य पदक दिलाउन सफल भएको जेसिजले जनाएको छ। 

भैरहवाको सिद्धार्थ नगरमा आायेजित जेसिजको ४४ औँ राष्ट्रिय महाधिवेशनमा दाहालले बस्नेतलाई स्वर्ण पदक नगद र सम्मानपत्रसहित दोसल्ला ओडाएर सम्मान गरे। पुस १० गतेसम्म चल्ने जेसिसको महाधिवेशनमा नेपालभरबाट हजारौं जेसिज, ननजेसिज, पत्रकार, समाजसेवी बुद्धिजीवीलगायतको उपस्थिति रहेको छ। 

प्रकाशित: ९ पुस २०७४ १३:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App