coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

सडक पेटीका सामान उठाउँदै नगरपालिका

खोटाङ – ‘सफा, स्वच्छ र सुन्दर’ नगर निर्माणका लागि सरसफाई अभियान थालेको खोटाङको रुपाकोट मझुवागढी नगरपालिकाले सडक पेटीमा राखेका सामान नियन्त्रणमा लिएको छ। 

नगरको स्वच्छताका लागि पुस ५ गतेदेखि ‘पुरानो फोहोर हटाउ’ अभियान थालेको नगरपालिकाले दिक्तेलबजारका सडक पेटीमा राखिएका बिक्रीका सामान नियन्त्रणमा लिएको हो। बिक्रीका सामान सडक पेटीमा राखेर बिक्रीवितरण नगर्नका लागि पटक–पटक गरिएको आग्रहलाई व्यवसायीले अटेर गरेपछि शुक्रबार एक ट्याक्टर सामान उठाइएको रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालले बताए। 

दिक्तेलको रत्नपार्कदेखि जिल्ला प्रहरी कार्यालयबीचको सडक पेटीबाट चटपटे बनाउने सामानदेखि कपडासम्म नियन्त्रणमा लिएको नगरपालिकाले जनाएको छ। नगरपालिकाको आग्रह बेवास्ता गर्दै सडक पेटीबाट सामान नहटाउने व्यवसायीको सामान प्रहरीको सहयोगमा पहिलोपल्ट उठाइएको हो। सडक पेटीको सामान उठाउनेक्रम जारी रहने मेयर रिजालले बताए।

सडक पेटीबाट दुई बोरा कपास, एक थान ढक तराजु, दुई वटा ड्रम, फलामे मेच, कापी, चाउचाउ, एक पोका दुनोट, डिसहोम व्यानर एक थान, कपडा लगायतका सामग्री उठाइएको नगरपालिकाले जनाएको छ। ‘हामीले सडक पेटीमा सामान नराख्नका लागि पटक–पटक आग्रह गर्‍यौँ,’ मेयर रिजालले भने, ‘तर, आग्रह र सूचनालाई बेवास्ता गर्ने व्यवसायीको सामान उठाउन बाध्य भएका हौँ ।’ 

प्रकाशित: ९ पुस २०७४ ०८:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App