८ वैशाख २०८१ शनिबार
समाज

सफारी प्रतिबन्ध गरेपछि चालकद्वारा विरोध प्रदर्शन

दमक- राजमार्गमा विद्युतीय रिक्सा सिटी सफारी कुद्न प्रतिबन्ध लगाइएपछि पूर्वमा सफारी चालकहरुले विरोध जनाएका छन् । राजमार्गमा नकुदाई यात्रु पाउन मुस्किल रहेको बताउँदैै उनीहरुले आइतबार दमक नगरपालिका अगाडि विरोध गरेका हुन् ।

राजमार्गमा अव्यवस्थितरूपमा सफारी चल्दा दुर्घटनाको जोखिम बढेको ठहरसहित टफिक प्रहरी कार्यालयले राजमार्गमा चल्न प्रतिबन्ध लगाएको थियो । आइतबार बिहानदेखि सफारी चल्न नदिएपछि सफारी चालकहरुले नगरपालिका अगाडि प्रदर्शन गरेका थिए ।
    दमक ८ का सफारी चालक मानबहादुर बुढाथोकीले राजमार्गमा चल्न नपाउँदा समस्या पर्ने बताए । ‘अब दमकको आधा भाग राजमार्गमा छ, क्याम्पस मोडको मान्छे बजार जानलाई राजमार्ग नआइ कता जानु ?’ उनले प्रश्न गरे, ‘त्यसकारण यो अव्यवहारिक निर्णय तत्काल फिर्ता लिन माग गर्छौ ।’

अधिकाशं सफारी चालक त्यसअघि ३ पाङ्गग्रे रिक्साका चालक थिए । पाइडल मार्ने रिक्सा अहिले शहरमा छैनन् । सफारी चालकहरुले मासिक १५ हजारसम्म किस्तामा सफारी निकालेका छन् । अहिले सफारीहरुको संख्या झण्डै ४ हजार नाघेको छ ।
अर्का सफारी चालक शम्सेर विकले जथाभावी नम्बर बाडिएका कारण समस्या भएको बताए ।‘सरकारले नम्बर दिने बेलामा जथाभाबी कमिसनको लोभमा दियो,’ उनले भने, ‘अहिले अब हटाउभन्दा कता हुन्छ ? कि रोजगारीको प्रबन्ध गरिदिनुपर्यो ।

अहिले बजारमा २ लाख ६० हजारदेखि ६ हजारसम्मका विद्युतीय रिक्सा र अटो पाइन्छ । अटो पेट्रोलबाट चल्छ । ‘सफारी किनेको किस्तासमेत अहिलेसम्म तिरिसकिएको छैन,’ सन्तोष कुमारले गुनासो पोखे, ‘अब राजमार्गमा चल्न नदिने भए आधा सफारीलाई सरकारले क्षतिपुर्ति दिनुपर्छ ।’

प्रकाशित: ९ पुस २०७४ ०७:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App