८ आश्विन २०७७ बिहीबार
समाज

पत्रकार वैष्यको निधनप्रति महासंघको समवेदना

काठमाडौँ (रासस)-  नेपाल पत्रकार महासंघले वरिष्ठ पत्रकार एवं प्रेस स्वतन्त्रता सेनानी रामगोपाल निधन भएकोमा दुःख व्यक्त गरेको छ। पत्रकार वैष्यको प्रोस्टेट क्यान्सरबाट ७४ वर्षको उमेरमा पुुस ७ गते निधन भएको थियो।
पत्रकार वैष्यका श्रीमती, छ छोरा र एक छोरी छन्।
विसं २०२६ देखि बर्दियाबाट पत्रकारिता शुरु गरेका वैष्यले काठमाडौँबाट प्रकाशित हुने चेतना, राष्ट्रध्वनि र राष्ट्रपुकार साप्ताहिकमा काम गरेका थिए। पछिल्लो समय २५ वर्षदेखि बाँकेबाट प्रकाशित शंखनाथ साप्ताहिकका सम्पादक/प्रकाशक रहेका वैष्यले पाँच वर्ष बिबिसी नेपाली सेवामा पनि काम गरेका थिए। वैष्यको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक अनुभवी र निर्भिक पत्रकार गुमाएको छ।
नेपाल पत्रकार महासंघले स्व वैष्यप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै मृतआत्माको चिरशान्तिको कामना गर्दे शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ।

प्रकाशित: ८ पुस २०७४ १७:३१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App