८ वैशाख २०८१ शनिबार
समाज

सिरहा मालपोत कार्यालयमा दिउँसै बम विस्फोट

सिरहा- सिरहा बजार स्थित मालोपोत कार्यालयमा शुब्रबार दिउँसो बम विस्फोट भएको छ। कार्यालयको लबीमा राखिएको सोफामा फिट गरिएको बम रिमोटको सहायताले विस्फोट गराउँदा एकजना कर्मचारी र दुईजना सेवाग्राही घाईते भएको सिरहा प्रहरी प्रमूख(एसपी) शेखर कोईरालाले जानकारी दिए। नाम खुल्न नसकेका घाईतेहरुको जिल्ला अस्पताल सिरहामा उपचार भैरहेको उनले बताए।

विस्फोटले मालपोत कार्यालयको पहिलो तल्लाको झ्यालढोकामा क्षति पुगेको छ । घटनाबारे अनुसन्धान भैरहेको कोइरालाले बताए।

बिस्फोट गराइएको मालपोत कार्यालय टाँसिएकै दक्षीण प्रमूख जिल्ला अधिकारीको बंगला छ। जहाँ चौबीसै घण्टा सशस्त्र र नेपाल प्रहरीको बाक्लो पहरा हुन्छ। विस्फोटस्थलबाट पाँचसय मिटर पूर्वदक्षीणमा सशस्त्र प्रहरीको सीमा सुरक्षा कार्यालय छ। उतीकै दुरी उत्तर जिल्ला प्रहरी कार्यालय छ। विस्फोटको जिम्मा कसैले लिएको छैन।

प्रकाशित: ७ पुस २०७४ ०९:१२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App