७ वैशाख २०८१ शुक्रबार
समाज

पुलको बार भत्केपछि नारायणगढ मुग्लिन सडकमा यातायात प्रभावित

चितवन- गाडीको ठक्करले हिजो मंगलबार साँझ पुलको बार (रेलिङ) भत्केपछि नारायणगढ मुग्लिन सडक खण्डमा आज राम्रोसँग गाडी चल्न सकेका छैनन् । मुग्लिनदेखि लगभग एक किलो मिटर पर नारायागढ तर्फ तुईन खोला पुलको रेलिङ भत्केको नारायणगढ मुग्लिन सडक आयोजनाका इन्जिनियर तथा सुचना अधिकारी शिवप्रसाद खनालले जानकारी दिए।

 ‘पुलको रेलिङ भत्केपछि त्यहाँ दोहरो रुपमा गाडी चल्न सकेका छैनन् । एक तर्फी (वन वे) गाडी चलाउँदा यातायात जाम भएको छ। आज दिनभर यो सडक खण्डमा यातायात जामको समस्य पर्ने देखिन्छ’ सुचना अधिकारी खनालले भने । चीन सरकारले बाटो बनाउँदा सो पुल एक तर्फी रुपमा गाडी चल्न मिल्ने गरेर साढे पाँच मिटरको चौडा बनाएको थियो ।

पछि विस २०४८ साल तिर डिभिजन सडक कार्यालयले केही चौडा पारेर र रेलिङ थपेर सो पुल छ मिटर चाक्लो बनाएको इन्जिनियर खनालले बताए । ‘रेलिङ भत्केपछि दोहरो रुपमा गाडी चलाउन गाह्रो भएको छ । रेलिङ बनाउने काम सुरु भएको छ। काम आजै सकिन्छ । त्यसैले काम नसकिदासम्म सहज रुपमा गाडी चल्न भने गाह्रो हुने भो’ खनालले भने।

राजधानी काठमाडौं र पर्यटकीय सहर पोखरलाई देशको पुर्वी र पश्चिम भागसँग जोड्ने मुख्य मार्ग नारायणगढ मुग्लिन सडक खण्डमा दैनिक १० हजारको हाराहारीमा गाडी ओहर दोहर गर्दछन् । सडक विस्तारको काम भइरहेका कारण घण्टौं जामको समस्या कायमै थियो । पुल पनि क्षतिग्रस्त भएपछि थपिएको जामले यात्रुहरुलाई पिरोलेको छ।

प्रकाशित: ५ पुस २०७४ ०४:०१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App