८ वैशाख २०८१ शनिबार
समाज

मोरङमा एम्बुलेन्स दुर्घटना हुँदा पाँच घाइते

विराटनगर – मोरङमा बिरामी बोकेको एम्बुलेन्स गएराति दुर्घटना हुँदा पाँचजना घाइते भएका छन्। 

इलामबाट बिरामी बोकेर सुनसरीको धरानतर्फ गइरहेको मे१च १२९५ नं को एम्बुलेन्स सुन्दरहरैचा–७मा अनियन्त्रित भई दुर्घटना भएको प्रदेश नं–१को विराटनगरस्थित इलाका प्रहरी कार्यालयले जनाएको छ। 

दुर्घटनामा एम्बुलेन्स चालक इलाम–६ बस्ने सुनील राईको अवस्था गम्भीर रहेको र एम्बुलेन्समा सवार सोही ठाउँका शिशिर शेर्मा, लिम्बू, प्रमिला कार्की, रमिला लिम्बू र नेपाल खड्काको अवस्था भने सामान्य रहेको बताइएको छ। घाइतेलाई धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको छ । 

प्रकाशित: २९ मंसिर २०७४ ०८:२९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App