१५ चैत्र २०८० बिहीबार
समाज

खोटाङको हलेसीमा आगलागी हुँदा १४ चौपाया जले

खोटाङ– खोटाङको हलेसी तुवाचुङ नगरपालिकाका एक घरमा भएको आगलागीमा १६ लाख बराबरको क्षति भएको छ।

हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका मित्रमान राईको घरमा आगलागी हुँदा १६ लाख ४८ हजार बराबरको धनमाल क्षति भएको हो । अचानक घरभित्रबाट सल्किएको आगोले तीन तले घर, घरभित्र भएका धनमाल, १४ चौपाया लगायत जलेको प्रहरीले जनाएको छ। 

आगो प्रहरी र स्थानीयले नियन्त्रणमा लिएका थिए । घर जलेपछि राई परिवारको विचल्ली भएको छ। 

 

प्रकाशित: २९ मंसिर २०७४ ०६:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App