१५ आश्विन २०७७ बिहीबार
समाज

दुर्घटना बढेपछि सडकमै होम !

इटहरी – कोशी राजमार्गअन्तर्गतको इटहरी–धरान सडकखण्डको हलगडा क्षेत्रमा लगातार सवारी दुर्घटना हुन थालेपछि इटहरीवासीले देवीदेवता गुहार्दै आज वडा नं १ र ४ को बीच सडकखण्डको हलगडा उत्तरमा सार्वजनिक रुपमा होम लगाएका छन्। 

स्वस्ति शान्तिसहितको होमले सवारी दुर्घटनामा कमी आउने स्थानीयवासीको विश्वास छ। 

सडक दुर्घटना नहोस् भन्ने कामनासहित सडकमै होम लगाइएको नवजागृति टोल विकास संस्थाका पदाधिकारीले बताएका छन्। 

अहिले कोशी राजमार्गअन्तर्गतको इटहरी सडकखण्डमा रहेका प्रायः सबै सडकमा खाल्टाखुल्टी मिलाउने कार्य भइरहेको छ। 

प्रकाशित: २८ मंसिर २०७४ १६:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App