८ वैशाख २०८१ शनिबार
समाज

माइक्रो दुर्घटना हुँदा एक युवतीको मृत्यु

लमजुङ– काठमाडौंबाट यात्रु बोकेर फर्किएको माइक्रोबस बेसीसहर आइपुगेपछि दुर्घटना हुँदा एक युवतीको मृत्यु भएको छ । दुर्घटनामा परेर क्व्होंलासोथर गाउँपालिका ४ भुजुङ घर भई बेसीसहर ७ बस्दै आएकी ३० वर्षीया श्रीकुमारी गुरुङको मृत्यु भएको हो ।
सख्त घाइते भएकी गुरुङलाई उपचारको लागि पोखरातर्फ लैजाँदै गर्दा तनहुँको दमौली नजिकै पुगेपछि मृत्यु भएको प्रहरीले जनाएको छ । सो दुर्घटनामा उनीसहित चितवन भरतपुर महानगरपालिका १७ की ममता गुरुङ गम्भीर घाइते भएकी छन् ।
ममताको पोखरास्थित मणिपाल अस्पतालमा उपचारका लागि रिफर गरिएको पनि प्रहरीले जनाएको छ । बेसीसहर ७ कि २० वर्षीया दीक्षा घले, चितवनकी ३१ वर्षीया अञ्जली घले र चितवनकै १९ वर्षीय रोशन घले पनि दुर्घटनामा घाइते भएको जनाइएको छ । बजार क्षेत्रमा तिव्र गतिमा गुडाएकै कारण ग १ ख २४७६ नम्बरको माइक्रो बस बेसीसहर ७ पुरानो बैंकचोक नजिकै दुर्घटना भएको बताइएको छ ।
साँझपख त्रिवेणीटोलमा अनियन्त्रित गतिमा हुँइकिएको माईक्रोले सडकमा हिडिरहेका पैदलयात्रुलाई ठक्कर दिँदै सडक छेउमा पार्किङ गरिएको ट्रकसँग ठक्कर खाएपछि क्षतिग्रस्त भएको छ ।

प्रकाशित: २२ मंसिर २०७४ ०३:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App